भिरबाट लडेर वडा सदस्यको मृत्यु

भिरबाट लडेर वडा सदस्यको मृत्यु

विराटनगर । खोटाङ साकेला–२ रतन्छा बस्ने सोही वडाका वडा सदस्य ५७ बर्षीय रत्न प्रसाद फुयलको भिरबाट लडेर मृत्यु भएको छ । शनिवार साँझ आफ्नो घरबाट साकेला–२ मबु स्थित भाईको घरमा धामी बस्नका लागि जाँदै गरेको अवस्थामा एक्कासी खहरे खोलाको भिरबाट लडी अन्दाजी ३ सय मिटर तल खस्दा उनको घटनास्थलमानै मृत्यु भएको हो ।

आफन्तले प्रहरी चौकी रतन्छामा जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । मुतक फुयल तत्कालिन नेकपा माओबादीबाट निर्बाचित सदस्य रहेको खुल्न आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्