अवैध लागुऔषध सहित विराटनगर र पथरीबाट ५ जना पक्राउ

अवैध लागुऔषध सहित विराटनगर र पथरीबाट ५ जना पक्राउ

विराटनगर । अवैध लागूऔषधसहित विराटनगर र पथरीबाट पाँचजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

शनिबार दिउँसो विराटनगर–१७ स्थित मटेरुवा प्रहरी चौकीको टोलीले धरान–९ का ३९ वर्षीय सुवास लामिछानेलाई स्पास्मो एक सय ६९ चक्की, डाइलेक्स डिसी २० बोतल, निट्राभेट–१५ चक्की, निट्जाकेयर २० चक्कीसहित पक्राउ गरेको छ । यसैगरी मोरङको पथरीशनिश्चरे–४ स्थित कल्पना राईको घरमा अवैधरुपमा लागूऔषध सेवन तथा बिक्री भइरहेको सूचना पाएपछि पथरी प्रहरीले राईको घरबाट विभिन्न लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पथरीशनिश्चरे–४ का २२ वर्षीय दशरथ भनिने छिरिङ राई, २४ वर्षीय सिजन भनिने नवराज राई, १९ वर्षीय साजन राई र भोजपुर साल्पासिलोछो गाउँपालिका–२ का १९ वर्षीय निराज राई छन् । उनीहरुका साथबाट ब्राउन सुगर छ सय ३० ग्राम, गाँजा ७६ ग्राम, विभिन्न हातहतियारका गोली चार थान, गोलीको खोका एक थान ट्रामाडोल क्याप्सुल ९० थानलगायत खुकुरी, नक तथा नगद बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका ५ जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्