हटियामा पार्किङ्ग गरेर राखेको मोटरसाईकल चोरी गर्ने पासवान पक्राउ

हटियामा पार्किङ्ग गरेर राखेको मोटरसाईकल चोरी गर्ने पासवान पक्राउ

विराटनगर । विराटनगर १२ स्थित मंगलबारे हटिया स्थित पार्किङ्ग गरेर राखेको मोटरसाईकल चोरी गर्ने एक जना पक्राउ परेका छन् ।


विराटनगर महानगरपालिका वडा नं. ६ रामपुर बस्ने बर्ष २० को अजय पासवानलाई मोरङ प्रहरीले शनिबार पक्राउ गरेको हो ।
मंगलबार हटियामा पार्किङ्ग गरेर राखेको प्रदेश १– ०२–०४० प ४३७३ नं. को FZS मोटरसाईकल चोरी गरी विराटनगरबाट रानी दरैयातर्फ लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारी मोटरसाईकल सहित निज अजय पासवानलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका पासवानलाई जिल्ला प्रहरी कार्यालय मोरङले चोरी कसूरमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्