विराटनगरका मेयर पराजुलीले एकलौटी १८५ जना कर्मचारी नियुक्ति गरेपछि वडाअध्यक्षहरुले गरे बोर्ड वैठक बहिष्कार

विराटनगरका मेयर पराजुलीले एकलौटी १८५ जना कर्मचारी नियुक्ति गरेपछि वडाअध्यक्षहरुले गरे बोर्ड वैठक बहिष्कार

विराटनगर । विराटनगर  महानगरपालिकाको बोर्ड बैठक कार्यपालिका सदस्यहरुले बहिष्कार गरेका छन् । वडा अध्यक्षसहितका बोर्डका सदस्यहरुले मेयर भीम पराजुलीको एकलौटी प्रवृत्तिको विरोध गर्दै बैठक बहिस्कार गरेका हुन् ।

चार महिनापछि बोलाइएको बैठक र बैठकका एजेण्डाको विषयमा जानकारी नदिईएको आरोप कार्यपालिका सदस्यहरुले लगाएका छन् । आइतबार बिहान ८ बजे बोलाईएको बोर्ड बैठकमा १६ वटा भन्दा बढी एजेण्डा प्रस्तुत भएको थियो, एजेण्डाको बारेमा पूर्ब जानकारी नै नदिएको उनीहरुको आरोप छ ।

असन्तुष्टि जनाउने वडा अध्यक्षहरु बिनोद बस्नेत, देबेन्द्र खनाल, कुमार पोखरेल, मिनकुमार आचार्य, निश्चल अर्चाल, विश्वनाथ भगत, तिर्थेन्द्र न्यौपानेसहित अन्य सदस्यहरु छन् ।

बहिस्कार गरेका मध्येका एक वडा अध्यक्षले बैठकमा धेरै एजेण्डा ल्याउने अनी मेयरले समय नै नदिने प्रबृति बढेछि बैठक बस्नुको औचित्य नहुने भन्दै बहिस्कार गरिएको बताए । महानगरपालिकाले अबैध रुपमा कर्मचारी नियुक्त गरेर अनावश्यक व्ययभार समेत थोपरेको आरोप मेयरलाई उनीहरुले लगाएका छन् ।

‘महानगरपालिकाको बोर्ड बैठकमा छलफल नै नभई १८५ जना कर्मचारी मेयरले एकलैटी निर्णय गरेर नियूक्त गरेका छन्, एक वडा अध्यक्षले भने, ‘महानगरपालिकालाई आबश्यकता नै नपरि किन नियुक्त गरिएको हो ? भनेर प्रश्न उठाईएको छ ।’ बोर्ड बैठकमा जानकारी गराएर ६० जना मात्रै नियुक्त गरिएको भएपनि बाँकी बोर्डलाई जानकारी नै नगराई भित्रभित्र नियुक्ति गरिएको आरोप छ । यसरी नियूक्त गरिएको कर्मचारीको लागि मात्र ६ करोड बार्षिक आर्थिक ब्ययभार महानगरपालिकालाई पर्ने भन्दै वडा अध्यक्षहरु त्यसको बिरोधमा देखिएका हुन् ।
‘महानगरपालिका आर्थिक रुपमा कमजोर हुँदै गएको छ, ती वडा अध्यक्षले भने, अहिले तत्काल चेक काट्ने हो भने एक लाख भज्ने अबस्था पनि छैन, यतिका नचाहिँदा कर्मचारी किन नियुक्त गर्नु पर्यो भन्ने हाम्रो प्रश्न हो ?’

बिराटनगर महानगरपालिका थिती सम्बत नचलेको वडा अध्यक्षहरुको निष्कर्ष छ । बिराटनगर महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिनोद बस्नेतले बिराटनगर महानगरपालिकामा नभएकोले वडाको कार्यक्रम गर्न समेत नपाएको बताए । ‘बोर्ड बैठक लामो समयसम्म नहुँदा धेरै कामहरु बिषयहरु ओझेलमा पर्ने गरेको छ, बस्नेतले भने, ’बोर्ड बैठक नियमित रुपमा बोलाउनु पर्नेमा नभएको, जतिबेला चाह्यो त्यही बेला मात्र गर्ने जस्ता हेपाहा प्रबृतिको हामीले बिरोध गरेको हो ।’ नियमित गर्नुपर्छ भन्ने मत जाहेर गर्नेहरु बैठक छोडेर हिडेपछि अन्य साथीहरुले पछि अनौपचारिक सहमति गर्नु भएको रहेछ, वडा अध्यक्ष बस्नेतले भने–३–४ एजेण्डा मात्रै प्रस्तुत गर्ने भन्ने कुरा भएको सुनेको छु ।

बोर्ड बैठक नियमित नबस्दा एकै पटक २० देखि ३० वटा एजेण्डा ल्याउने त्यसमा छलफल नै गर्न नपाउने अबस्था आएको उनको भनार्इ छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईन्द्रमणी पोखरेलले बैठक बिहान ८ बजे बोलाईएकोमा महानगरपालिकाको कार्यक्रम भएको कारण एकछिन बसेर स्थगित भएको जानकारी दिए । ‘भोली दिउँसो २ बजे बस्ने भनेर स्थगित भएको हो, प्रमुख प्रशासकीय अधिकृत पोखरेलले भने, बहिस्कार नै गरेको भन्ने हैन, धेरै एजेण्डा भएको कारण छलफल लम्बिने हुँदा भोली बस्ने गरि स्थगित भएको हो ।’ कर्मचारी बढि राखिएको भन्ने बारेमा आधार र तथ्य नभएको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्