विराटनगर आईपुग्यो कोभिड–१९ भ्याक्सिन, कोशी, विराट र नोबेल खोप केन्द्र

विराटनगर आईपुग्यो कोभिड–१९ भ्याक्सिन, कोशी, विराट र नोबेल खोप केन्द्र

विराटनगर । प्रदेश १ का १४ जिल्ला र प्रदेश २ का सिराहा–सप्तरी समेतका लागि कोभिड–१९ भ्याक्सिन ‘कोभिसिल्ड खोप’ विराटनगर आईपुगेको छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले पठाएको ९ हजार ६०० भायल खोप प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रमा आएको हो ।

केन्द्रका कोल्डचेन निरिक्षक डा.चन्द्रकान्त ठाकुरका अनुसार सरकारले तोकेर पठाएको १६ जिल्लाका लागि मंगलबार साँझसम्म खोपहरु पठाईसकिने छ । प्रदेश १ का १४ जिल्लासहित प्रदेश २ का सिराहा र सप्तरीसम्म कोल्ड बक्समा ‘आईसप्याक कन्डिसिन’ सुरक्षा अपनाएर निजी तथा कार्यालयका गाडीहरुका खोप पु¥याईने भएको हो । डाक्टर ठाकुरका अनुसार एक भायलमा १० डोज खोप हुन्छ । त्यसका लागि आवश्यक पर्ने एडिनालिन इन्जेक्सन र सिरिन्ज समेत केन्द्रसम्म आएको छ ।

मोरङका नागरिकका लागि विराटनगरका तीन अस्पताललाई केन्द्र तोकिएको छ । कोशी अस्पताल, विराट मेडिकल एण्ड टिचिङ र नोबेल मेडिकल एण्ड टिचिङ अस्पतालमा यो खोप लगाईने भएको डाक्टर ठाकुरले जानकारी दिनुभयो ।

जिल्लास्थित कोभिड सुरक्षा उपचार समन्वय समितिले अन्य जिल्लाका हकमा केन्द्र तय गर्नसक्नेछ । सरकारले अन्य जिल्लामा जिल्ला अस्पतालमा खोप केन्द्रीत गर्नेछ । त्यसपछि जिल्लास्थित कोभिड सुरक्षा उपचार समन्वय समितिले त्यसको व्यवस्थापन मिलाएर नागरिकलाई लगाउने छ । त्यस बाहेक झापाको मेची अस्पतालमा समेत संघीय सरकारले नै केन्द्र तोकेको छ । कुन जिल्लामा कति डोज खोप पठाउने भन्ने विषयमा भने अहिले गृहकार्य भईरहेको डाक्टर ठाकुरले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्