विराटनगर । विराटनगर–१७ बाट प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । सुनसरीको धरान–९ का ३९ वर्षीय सुवास लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले स्मास्मो–प्रोक्सोभेन–१६९ ट्याब्लेट, नाइट्राभेट–१५ ट्याब्लेट, निट्जाकेयर २० ट्याब्लेट र डाइलेक्स–डिसी २० बोलत समेत बरामद गरिएको इलाका प्रहरी कार्यालय रानीले जानकारी दिइएको छ ।