नेपाल वैश्य युवा संघद्वारा अर्यालसहित समाजका अगुवालाई सम्मान

नेपाल वैश्य युवा संघद्वारा अर्यालसहित समाजका अगुवालाई सम्मान

विराटनगर । नेपाल वैश्य युवा संघले विराटनगर–८ अशोकचौकस्थित बिराटेश्वर बृद्राश्रम सेवा समितिका अध्यक्ष जगतप्रसाद अर्यालसहित प्रशासनिक, समाजका अगुवा र अभियन्ता तथा सञ्चार क्षेत्रका विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । संघले बनभोजको आयोजना गरेर उनीहरुलाई सम्मान गरेको हो । संघका अध्यक्ष गणेश कुमार साहका अनुसार पूर्वमन्त्री एवं निवर्तमान प्रतिनिधि सभा सांसद शिवकुमार मण्डलको प्रमुख आतिथ्यमा उनीहरुलाई सम्मान गरिएको थियो ।


सम्मानित हुनेहरुमा जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरी, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष खड्का, बालबालिका तथा महिला अनुसन्धान बिभाग प्रमुख एन्जिला रार्इ हुनुहुन्छ । यसैगरी पत्रकार मिनकुमार नवोदित, शंकर खरेल, नवीन कर्ण र तारा आचार्यलाई समेत सम्मान गरिएको थियो ।
अध्यक्ष साहका अनुसार समाजिक अभियन्ता सुशील रिजाल, पेरिस सुवेदी, अरुण न्यौपाने, हाम्रो अभियान टिम विराटनगरलाई समेत सम्मान गरिएको थियो । समाजलाई तनमनले निरन्तर सहयोग गर्दै आइ रहनु भएका राजेश गुप्ता, सियाराम रौनियार, पवनकुमार साह, शिवनारायण गुप्ता र गौरी भगतलाई समेत नेपाल वैश्य युवा संघ मोरङले सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्