विराटनगरमा मानव अधिकार र पत्रकारिता विषयक तालिम सुरु

<span class='c1'>विराटनगरमा मानव अधिकार र</span> <span class='c2'>पत्रकारिता विषयक तालिम सुरु</span>

विराटनगर । विराटनगरमा मानव अधिकार र पत्रकारिता विषयक दुईदिने तालिमको सुरु भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजना र सञ्चारिका समूह, नेपालको सहकार्यमा दुईदिने तालिम सुरु भएको हो ।

सबैका लागि घर–घरमा मानव अधिकार, शान्ति र विकासको आधार भन्ने मूल नारा अंकित ब्यानरमा आयोगको इसीएनएचआरसी परियोजनाले पत्रकार महिलाहरुका लागि तालिम आयोजना गरेको हो । तालिमको उद्घाटनका क्रममा राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता डा.टिकाराम पोखरेलले मानव अधिकार र पत्रकारिता एकअर्काका परिपूरक भएकोले सहकार्यको अनिवार्यता रहेको बताउनु भएको थियो ।

प्रदेशभरका ३० जना पत्रकार महिलाहरुको सहभागिता रहेको तालिममा डा.पोरखेल, आयोगको प्रदेश कार्यालय विराटनगर निर्देशक नितु गड्तौला, सञ्चारिका समूह, नेपाल महासचिव बिमला तुम्खेवा र आयोगकी अधिकृत लक्ष्मी राईले प्रशिक्षकको रुपमा सहजीकरण गर्नुहुने सञ्चारिका समूह प्रदेश १ संयोजक इन्दिरा भट्टराईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्