दुर्घटनाबाट दुई सहचालकको मृत्यु

<span class='c1'>दुर्घटनाबाट दुई</span> <span class='c2'>सहचालकको मृत्यु</span>

विराटनगर । सुनसरी रामधुनी–७ स्थित भित्री सडक खण्डमा को १ त ३८८४ नम्बरको ट्याक्टरका सहचालकको लडेर मृत्यु भएको छ । कुदिरहेको ट्याक्टरबाट अचानक लडेका सहचालक रामधुनी–६ का २० बर्षीय फुल कुमार सदा सोमबार दिउँसो गम्भिर घाईते भएका थिए । गम्भिर घाईते भएका सदाको धरान घोपामा उपचारको क्रममा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसै गरी संखुवासभा पाचखपन–३ स्थित सडकखण्डमा ट्याक्टर दुर्घटना हुदा सहचालक पाचखपन–६ का २३ बर्षीय गोबिन्द कोईरालाको मृत्यु भएको छ । को २ त ५०१० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ६० मिटर तल खस्दा सोही ट्याक्टरका सहचालक कोईराला घाईते भएकोमा उनको स्थानीय प्राथमिक स्वास्थ्य चौकी वानामा उपचारको क्रममा सोमबार बेलुका पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्