विराटनगरका मिटरब्याजी मन्टु विरुद्धको मुद्दा अदालतमा , हदैसम्म सजायको माग गर्दै पीडितहरु धर्नामा

विराटनगरका मिटरब्याजी मन्टु विरुद्धको मुद्दा अदालतमा  , हदैसम्म सजायको माग गर्दै पीडितहरु धर्नामा

विराटनगर । सर्वसाधारणलाई लगानी गरिएको ऋणको गैरकानुनी ब्याज असुली गर्ने मिटरब्याजी धन्दा चलाउँदै आएका विराटनगर–९ का मन्टु भनिने सन्जयप्रसाद रौनियार विरुद्ध मोरङ प्रहरी अनुसन्धान सकाएको छ । प्रहरीले मन्टु विरुद्ध गरेको अनुसन्धान र दसी प्रमाणका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा अभियोजन दर्ता गर्ने भएको हो ।


उनलाई अदालतमा मंगलबार उपस्थित गराइएको छ । सरकारी वलिकको कार्यालयले अदालतमा मुद्दा दर्ता गराउने तयारी गरिरहँदा अदालत परिसरमा मन्टुद्वारा पीडित बनाइएकाहरु धर्नामा बसेका छन् । उनीहरुले मिटरब्याजी मन्टुलाई हदैसम्मको सजायको माग गर्दै धर्ना दिईरहेका हुन् । मोरङको धनपालथान–४ मा मन्टुले पीडित बनाइएकाहरु विराटननगर आएका हुन् । त्यस बाहेक अन्य स्थानका पीडित समेत मन्टुलाई कडा सजायको माग गर्दै धर्नामा बसेका छन् । कतिपय पीडितले भने प्रहरीले मन्टुलाई अदालत परिसरमा लिएर आईपुग्दा आँसु समेत झारेका थिए ।


मन्टुसँग थोरै ऋण लिएपनि आफूसँग भएको सम्पति हडपेर सुकुम्वासी बनाएको भन्दै उनीहरुले पीडित बनेका हुन् । मन्टुकै पीडित धनपालथान–४ नोचाका मन्जर हुसैनले अदालतमाथि विश्वास रहेकोले गरिब र निमुखाको पक्षमा फैसला आउने आसा राखिएको बताउनुभयो । पीडक पहुँचवाला भएका कारण पीडितहरु एकिकृत भएर पीडकपक्षलाई दवाव दिनका लागि अदालतमा आएको मन्जरको भनाई छ । पीडित पक्षका व्यक्तिहरु अहिले अदालत बाहिर प्लेकार्डसहित उभिएर शान्तपूर्वक धर्ना दिईरहेका छन् ।


प्रहरीलाई ठगी र अपराधिक विश्वासघात केन्द्रीत रहेर अनुसन्धान गर्ने गरि प्रहरीलाई स्वीकृत दिइएको थियो । गत मंसिर २९ गते पक्राउ परेका मन्टुसँग पीडित बनेका १६ जनाले प्रहरीमा जाहेरी दिएका छन् । त्यस बाहेक ६ जनालाई मन्टु पीडितको लेनदेन बिगो मुद्दा अदालतमै बिचराधिन रहेको छ ।
प्रहरीले लामो समय लगाएर मन्टु विरुद्ध अनुसन्धान गरेको हो । यस क्रममा प्रहरीले कसरी मिटर ब्याजीहरुले ऋण लगानी गरेर कसरी असुल्छन् भन्ने कुराको निचोड समेत निकालेको छ । यस्तै केसमा प्रहरीले विराटनगर–९ का मो.एजाजलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । उनी अहिले अदालतबाट पाँचलाख धरौटीमा छुटेका छन् । यसैगरी रंगेलीका बिनोद मण्डललाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्