इनरुवाको डुम्राहामा प्रहरी चौकीको भवन

इनरुवाको डुम्राहामा प्रहरी चौकीको भवन

बिराटनगर । सुनसरीको इनरुवा–८ डुम्राहामा प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ । नव निर्मित कार्यालय भवन, आवास गृह तथा भान्सा घरको प्रदेश १ का प्रहरी नायव महानिरीक्षक (डिआईजी) इश्वबाबु कार्कीले उद्घाटन गर्नु भएको हो ।


दुईतले सुबिधा सम्पन्न भवन यूएनओपीएसको सहयोगमा निर्माण भएको हो । दुई करोडको लागतमा निर्माण सम्पन्न भवनको उद्घाटन गर्दै डिआईजी कार्कीले भवन आफैमा सबै कुरा नभएको बताउँदै भवनमा बस्ने प्रहरीको दैनिक व्यवहार सहि हुनुपर्ने बताउनु भएको थियो ।
उहाँले प्रहरीका लागि आवश्यक पर्ने संरचना निर्माणका लागि नागरिकको शुभेक्षा प्राप्त हुने गरेकोले सुरक्षामा प्रहरीको विश्वास अझै बढ्नुपर्नेमा जोड दिनुभयो । प्रहरी चौकीलाई निःशुल्क जग्गा उपलब्ध गराउन जग्गादाता र भवन निर्माण कार्यमा सहयोग गर्नेहरुलाई डिआईजी कार्कीले सम्मान समेत गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्