विराटनगरको कलेज रोड नमूना बन्दै, हराभरा बनाउन रोपियो बिरुवा

विराटनगरको कलेज रोड नमूना बन्दै, हराभरा बनाउन रोपियो बिरुवा

प्रेम देवान
विराटनगर । विराटनगर ९ स्थित कलेज रोडलाई हाम्रो समाज र स्थानियको पहलमा नमुना रोड रुपमा परिचित गराउन जुटिरहेका छन् ।

वातावरण स्वच्छ, सफा र हराभरा रार्खौ भन्ने मुल नाराका साथ हाम्रो समाजले कलेज रोडलाई वृक्षारोपन समेत गरेको छ । यस अघि कलेज रोडको दुवै साईडमा फलामको रङ्गरोगन सहितको आर्कषित रेलिङ्गहरु समेत बनाई सकेको छ ।
यसैविच मंगलबार हाम्रो समाजले कलेज रोडलाई थप आकर्षित र हराबरा बनाउनको लागी रोडमका दुवै साईडमा गमलामा वृक्षरोपण गरेको छ ।


विराटनगर प्रदेश नम्बर एकको राजधानी भएका कारण पनि विराटनगरको सौन्दर्यतामा थप मदत पुगोस भनेर कलेज रोडमा वृक्षारोपपण कार्यक्रम गरिएको हाम्रो समाजका अध्यक्ष अनुज सापकोटाले जानकारी दिनुभयो ।
वृक्षरोपण कार्यक्रममा मोरङ क्षेत्र नं ६(ख)का नेपाली कांग्रेस सभापति निरन्जन रिजाल, कांग्रेस मोरङ सचिव नागेश कोइराला, विराटनगर महानगरपालीका वडा न ९ का अध्यक्ष विश्वनाथ भगत, लगायत स्थानिय वुद्धीविजी राजनितीककर्मीहरुको सहभागिता रहेको थियो ।
विराटनगर महानगरपालीका वडा न ९ को सहयोगमा ६० थान धुपिको विरुवा रोपेको अध्यक्ष सापकोटाले बताउनुभयो ।

विराटनगरको कलेजरोडलाई अन्य वडा भन्दा नमुना वडाको रुपमा बनाउने उदेस्यका साथ हाम्रो समाजसँग हाते मालो गर्दै आगामी दिनमा पनि जाने तयारी रहेको विराटनगर महानगरपालीका वडा नम्बर ९ का वडा अध्यक्ष विश्वनाथ भगतले बताउनुभयो ।


कलेज रोडलाई हराबरा र नमुनाको रुपमा बनाउने योजना सहित अगाडी बढेको हाम्रो समाजले गरेको काम सहारनिय रहेको स्थानियवासी शिला बस्नेतले बताउनुभयो । अब यसको लागी हामी स्थानियवासीले पनि रेखदेख र सरक्षण गर्नु आवश्यक रहेको बस्नेतको बुझाई छ ।
हो विराटनगरलाई स्र्माट सिटीको रुपमा बनाउने योजना सहित अगाडी बढेको महानगरले अन्य वडालई पनि यस्तै नमुनाको रुपमा बनाउनु आवश्यक छ तर यसको लागी सम्बन्धीत वडावासीहरु एक जुट भए मात्र कलेज रोड जस्तो बनाउन सकिन्छ ।

तस्वीर : प्रेम देवान /आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्