विराटनगरमा सिठ्ठी जुलुस

विराटनगरमा सिठ्ठी जुलुस

विराटनगर । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा विराटनगर महानगर कमिटीले सिट्टी जुलुस निकालेको छ ।


कमिटीले मंगलबार विराटनगरको जनआन्दोेलन चोकदेखि सिठ्ठी जुलुुस निकालेको हो । पार्टीका नेता, कार्यकर्ता तथा विद्यार्थीहरुको सहभागितामा निकालिएको जुलुस विराटनगर बजार परिक्रमा गर्दै जलजला चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्नुहुँदै नेकपा मोरङ जिल्ला सचिवालय सदस्य ओसिम आलमले सत्ताका नाममा गलत निर्णय गर्नेले महाअभियोगका लागि तयार हुनुपर्ने बताउनुभयो । उहाँले सत्ताको नाममा मुलुकलाई प्र्रतिगमत तर्फ डोर्याउने प्रधानमन्त्री ओलीको आदेशको पालना भयो भने भोलिका दिनको सबैको हिसाब हुने चेतावनी समेत दिनुभयो ।

संसद विघटन विरुद्ध पछिल्लो समय देशव्यापी रुपमा भईरहेको संघर्षलाई निरन्तरता दिँदै नेकपा प्रदेश कमिटीले आगामी माघ १६ गते विराटनगरमा पनि विशाल जनप्रर्दशनको आयोजना गरेको नेकपा नेता पारुल क्षेत्रीले जानकारी दिनुभयो ।

तस्वीर : ओसिम आलम फेसबुक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्