विराटनगरका मिटरब्याजी मन्टु विरुद्ध १७ वादीका मुद्दा

विराटनगरका मिटरब्याजी मन्टु विरुद्ध १७ वादीका मुद्दा

विराटनगर । मिटरब्याजी विराटनगर–९ घोघापुलचौकका ४५ वर्षिय मन्टु भनिने सञ्जयप्रसाद रौनियार विरूद्ध १७ जना वादीका मुद्दा दर्ता हुने भएका छन् । मन्टुले पीडित बनाएका १७ जना उनलाई प्रतिवादी बनाउँदै सरकारी वकिलको कार्यालयले ठगी र अपराधिक लाभ लिएको मुद्दामा छुट्टाछुट्टै मुद्दा दर्ता गर्ने भएको हो ।

मोरङ प्रहरीले अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा मंगलबार फायल बुझाएपछि ८ वटा मुद्दा दर्ता दर्ता भएका छन् । यी मुद्दा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले अभियोगनको रुपमा अभियुक्त विरुद्ध दर्ता गरेको छ ।
साहयक जिल्ला न्यायिधवक्ता मुकुन्द प्रसाद रेग्मीका अनुसार वारदत र मन्टुबाट पीडित भएका छुटाछुट्टै भएकोले ठगी र अपराधिक लाभ लिएको शिर्षकको मुद्दमा १७ थान हुनेछन् ।

मन्टु विरुद्धका ९ मुद्दा बुधबार दर्ता गर्ने सरकारी वकिलको कार्यालयले जनाएको छ । यस अघि दर्ता भएको मुद्दामा प्रतिवादी मन्टुसँग जिल्ला अदालत मोरङको ५ नम्बर इजालशमा बयान सुरु भएको छ । प्रतिवादी मन्टुको बयान पूरा नभएकोले बुधबार पनि सूचारु हुनेछ ।
गैरकानूनी मानिएको मिटरब्याजमा लगानी गरि सर्वसाधरणलाई उठिबास लगाएको आरोपमा २९ मंसिरमा मोरङ प्रहरीले पक्राउ गरि अनुसन्धान गरेको थियो । प्रहरीले लामो अनुसन्धान गरेर सरकारी वकिलमार्फत अदालतमा अभियोजन दर्ता गरेको हो ।

साहु महाजन बनेर एक ऋणीसँग पटक–पटक ल्याप्चे लगाएर ब्याजदेखि स्याजसम्म एकै पटक असुल्ने मन्टुले करोडौं रुपैयाँ सर्वसाधरणबाट असुलेको खुलेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । एक दशकदेखि गलत नियतीले ऋण दिएर गाउँका सोझासिधा सर्वसाधरणलाई ऋणी बनाएर मिटरब्याजको धन्दा चलाउने मन्टु र उनको श्रीमति ज्योति रौनियारको नाममा करडौं मूल्य बराबरको चल तथा अचाल सम्पति देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्