डाक्टर कुट्ने तरूण दल मोरङका कोषाध्यक्ष रिजाल पक्राउ

डाक्टर कुट्ने तरूण दल मोरङका कोषाध्यक्ष रिजाल पक्राउ

विराटनगर । नोबेल मेडिकल कलेजका डाक्टर कुटपिट गरेको आरोपमा तरूण दल मोरङका कोषाध्यक्ष लक्ष्मी प्रसाद रिजाल पक्राउ परेका छन् । आफ्नो बोलाउने नाम अनिल राखेका रिजाल नोबेल मेडिकल कलेजमा कार्यरत नाक, कान घाटी रोग विशेषज्ञ डा.मिनाक्षी बस्नेतलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका हुन् ।

मोरङको सुन्दरहरैचा नगरपालिकाको गछिया घर भएका ४३ वर्षीय रिजाल विराटनगर बस्छन् । रिजाल विराटनगर व्यापर संघको सदस्य पनि हुन् । उनले डाक्टर बस्नेतको विराटनगर–४ दुधफारम नजिक डेरामा बेलुका ८ः३० बजेको समयमा कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट गम्भिर घाइते चिकित्सक बस्नेतको औंला र सम्बेदनशिल अंगमा चोटपटक लागेको छ ।

मिल्ने साथी भएपनि सामान्य विषयमा विवाद हुँदा रिजालले मरणासन्न हुने गरि कुटपिट गरेका हुन् । पीडित बस्नेतले दिएको जाहेरीको आधारमा प्रहरीले रिजाललाई पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो । पक्राउ परेका रिजाललाई मोरङ प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङमा सोमबार ‘अभद्र व्यवहारको’ मुद्दामा पाँच दिनको म्याद थप गरि अनुसन्धान सुरू गरेको छ । तर,प्रहरीलाई काँग्रेसका नेताले तत्काल छोड्नुपर्ने दवाव दिदैं आएका छन् ।

रिजालले चिकित्सकका बस्नेतको १० लाख रुपैयाँ लिएका थिए । विराटनगरमा होलसेलको पनि डिलर संचालन गर्ने रिजाल व्यापारमा लगानी गर्न पैसाँ आवश्यक परेको भन्दै चिकित्सक बस्नेतबाट १० लाख रुपैयाँ लिएको थिए । सापटी दिएको पैसा माग्दा चिकित्सक बस्नेतको कोठामा पुगेर रिजालले कुटपिट गरेको प्रहरीले जनाएको छ । रिजालले अवैध कारोबार गर्ने गरेको प्रहरीले अुनमान गरेको छ । तीन महिना अगाडी रिजालले १० लाख रुपैयाँ सापटी लिएर गएपछि समय सीमा पुगेपछि माग्दा नदिएको तर उल्टै कुटपिट गर्न आएको भन्दै पीडित प्रहरीमा पुगेका थिए ।

गत पुस १९ गते रिजालसँग पैसा माग्दा बस्नेतलाई डेरामै पुगेर कुटपिट गरिएको थियो । बस्नेत लामो समयसम्म औंलामा चोट परेपनि साथीसँग भएको झगडा भनेर बसिरहेको सुनाउँछन् । तर, पछिल्लो समय ज्यान नै मार्ने धम्की दिदैं उनले दवाव सिर्जना गरेपछि उनी प्रहरीमा उजुरी गर्न पुगेको सुनाउँछन् ।
डाक्टर बस्नेतले प्रहरीमा दिएको उजुरीमा ज्यान मार्ने धम्की समेत आएपछि उजुरी गर्नुृ परेको उल्लेख छ । शारिरिक र मानसिक रुपमा दवाव सिर्जना गरेको भन्दै बस्नेतले आफू बस्दै आएको कोठा समेत छोड्नु पर्ने अवस्था आएको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्