नेता भीम आचार्य भन्छन् : अविश्वास प्रस्ताव पारित गराएपछि काँग्रेसलाई मुख्यमन्त्री दिने विषयमा छलफल

नेता भीम आचार्य भन्छन् : अविश्वास प्रस्ताव पारित गराएपछि काँग्रेसलाई मुख्यमन्त्री दिने विषयमा छलफल

विराटनगर । नेकपाका प्रदेश १ का इन्चार्ज एवं प्रदेशसभा सदस्य भीम आचार्यले प्रदेश सरकार विरुद्धको अविश्वास प्रस्ताव पारित गराउन काँग्रेस उभिए मुख्यमन्त्रीको विषयमा छलफल हुनसक्ने बताएका छन् । मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव पारित हुने दावी गर्दै आचार्यले राजनीतिक एजेण्डा मिलेका र संसदमा भएका दलसंग मिलेर अविश्वासको प्रस्ताव पारित गरिने बताएका हुन् ।

नेकपा प्रदेश कमिटीले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा विपक्षी दलसंग आफूले छलफल गरिरहेको आचार्यको भनाई थियो । कतिपय दलको केन्द्रबाट निर्णय भएर आउन बाँकी रहेको छ तर राजनीतिक परिवेशमा असंवैधानिक कदमको विरोधमा रहेको कांग्रेस पनि अविश्वासको प्रस्तावको पक्षमा मत हाल्नेछ ।

नेता आचार्यले प्रधानमन्त्रीको असंवैधानिक कदमले लोकतान्त्रिक प्रक्रिया नै अवरुद्ध भएको बताएका छन् । मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्तासँगै प्रचण्ड–माधव नेपाल समूहकोतर्फबाट मुख्यमन्त्रीमा अगाडी सारिएका आचार्यले सहयोग गर्दा पनि राई नेतृत्वको सरकारले केहि गर्न नसकेको आरोप लगाएका छन् ।
प्रदेशको नामाकरण गरिएन, राजधानी टुङ्गो लगाएर पनि संरचना निर्माणको प्रक्रिया थालिएन, आचार्यले भने–केपी ओली र उनका निकटले नेतृत्वको गरेको सरकार फेल भईसकेका छन् ।

नेकपाले माघ १६ गते विराटनगरमा पार्टीका अध्यक्षको उपस्थितिमा जनप्रदर्शन गर्ने तयारी गरेको छ । नेकपा नेता घनेन्द्र बस्नेतले ६० हजारको जनप्रदर्शन गर्ने गरि तयारी गरिएको दावी गरेका छन् । प्रतिगमन विरुद्ध शक्तिशाली प्रदर्शन गरिने र राजनीतिक रुपमा सन्देश दिन चाहेको बस्नेतको भनाई थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्