विराटनगरमा नागरिक समाजद्वारा सडकमै पत्रकार सम्मेलन, संघर्षका लागि ११० सदस्यीय समिति गठन

विराटनगरमा नागरिक समाजद्वारा सडकमै पत्रकार सम्मेलन, संघर्षका लागि ११० सदस्यीय समिति गठन

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभाको विघटन विरूद्ध विराटनगरमा ११० प्रबुद्ध नागरिकहरुको सर्घष समिति निर्माण गरेका छन् । वाम बुद्धिजीवी एवम् प्राध्यापक कृष्ण पोखरेलको नेतृत्वमा गठन भएको प्रबुद्ध नागरिक अभियान समितिमा प्राध्यापक, अधिवक्ता, पत्रकार तथा अन्य पेशाका १ सय १० सदस्य छन्। विराटनगर ९ स्थित जनआन्दोलन चौकमा खुला पत्रकार सम्मेलन गर्दै समितिका संयोजक प्राध्यापक पोखरेलले समितिले प्रतिनिधिसभाको विघटनका विरूद्ध विचार गोष्ठी, विरोध जुलुस, धर्नालगायतका कार्यक्रम गर्ने जानकारी दिनुभयो ।


उहाँले अहिलेको समयमा सत्य र असत्य, न्याय र अन्याय तथा इमान र बेइमानका बिचमा लडाइँ भइरहेको स्पष्ट पार्दै यस्ता बेलामा पेशाकर्मी बौद्धिक नागरिकहरू चूप लागेर बस्न नसक्ने धारणा राख्नुभयो । प्राध्यापक पोखरेलले व्यक्ति केपी ओलीले कोठाभित्र बोल्दा जेसुकै बोले पनि प्रधानमन्त्रीका हैसियतबाट बोल्दा होस् पु¥याउनुपर्ने बताउनु भयो। ‘प्रधानमन्त्रीले जे बोले पनि उहाँका गुटका मानिसहरुले वाहवाह गरिदिएको देखिन्छ,’ पोखरेलले भन्नुभयो, ‘त्यही कारण अझ अगाडि बढेर प्रधानमन्त्री सस्ता र अभद्र अभिव्यक्ति दिन थाल्नुभएको छ ।


अर्का वक्ता एवम् अर्थशास्त्री प्राध्यापक डाक्टर पी के झाले कामचलाउ सरकारले मन्त्रीमण्डल विस्तार गर्न नपाउने जिकिर गर्दै ओलीले स्वेच्छाचारी ढङ्गले शासन चलाएको हुँदा मन्त्रिपरिषदको विस्तार गरिरहेको बताउनु भयो । नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेलले जोकर बोल्दैछन् कि प्रधानमन्त्री भनेर संवाददाताहरूलाई छुट्याउन गाह्रो पर्न थालेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले पत्रकार, वकिल, न्यायाधीश लगायत आफूसित विमति राख्ने हरेक पेशाकर्मीउपर दुर्वाच्य बोलिरहेको आरोप लगाउँदै जोकर प्रधानमन्त्रीलाई अहिले र भविश्यमा पनि आउन नसक्ने गरी हटाउनका लागि तेस्रो जनआन्दोलनको आवश्यकता रहेको अध्यक्ष पोखरले जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्