विराटनगरको सत्यनारायण स्कुलमा ९७८ जनाको निशुल्क आँखा परीक्षण

विराटनगरको सत्यनारायण स्कुलमा ९७८ जनाको निशुल्क आँखा परीक्षण

विराटनगर । विराटनगर धरान रोडमा रहेको सत्यानाराण माध्यमिक विद्यालयमा २ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।


विद्यालयले विगत २ बर्षदेखी निरन्तररुपमा विद्यार्थी तथा शिक्षकशिक्षिका र कर्मचारीहरुको निशुल्क रुपमा स्वास्थ्य चेकजाँच गर्दै आएको छ । यसैक्रममा विद्यालयले विराटनगर आँखा अस्पतालसँग सहकार्य गर्दै माघ १३ र १४ गते २ दिने निशुल्क आँखा जाँच सम्पन्न गरेको छ ।
२ दिने निशुल्क स्वास्थ्य शिविरमा विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुको निशुल्क आँखा जाँच गरेको छ । त्यसैगरी विद्यालयमा कार्यररत शिक्षकशिक्षका तथा कर्मचारी गरी ९ सय ७८ जनाको निशुल्क आँखा जाँच गरिएको सत्यनाराण माध्यमिक विद्यालयका प्रध्यानध्यापक धर्मानन्द खरेलले जानकारी दिनुभयो ।


विद्यार्थीहरुको पढाईको शिलशिलामा सहजीकरण गर्न अफ्ठयारो भएका कारण विद्यार्थीहरुको निशुल्क आँखा जाँच गरिएको प्रध्यापक खरेलले बताउनुभयो । आँखा जाँच गर्दा ५२ जना विद्यार्थीहरुलाई निशुल्क चस्मा प्रदान र १८ जना विद्यार्थीलाई अस्पताल रिफर गरिएको विद्यालयले जनाएको छ । २ दिने आँखा शिविरमा विराटनगर आँखा अस्पतालका डाक्टर जिविसा साह र सवनम चौधरी नेतृत्व स्वास्थ्यकर्मीको टोलीले विद्यार्थीहरुको आँखा जाँच गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्