इन्फिनिक्सले बजारमा ल्यायो गेम चेन्जर नोट–८ आई स्मार्टफोन

इन्फिनिक्सले बजारमा ल्यायो गेम चेन्जर नोट–८ आई स्मार्टफोन

विराटनगर । इन्फिनिक्स मोबाइलले नयाँ प्रविधि र सुविधासहितको नोट–८ आई बजारमा ल्याएको छ । प्रयोगकर्ताहरुले अविश्वसनीय गेमिंङ्ग र फोटोग्राफीको अनुभव प्रदान गर्ने योजनासहित नयाँ प्रविधिको नोट–८ आईलाई बजार भित्र्याएको हो ।

ग्राहकले २१ ह्जार ४१० मा नयाँ इन्फिनिक्स नोट ८ आइ १५ माघ (२८ जनवरी) देखि दराजमार्फत प्रिबुक गर्न सक्नेछन् ।
अक्टाकोर हेलियो जीप्रोसेसर, मिडियाटेक हाइपर इन्जिन गेम टेक्नोलोजी, १५ वाट सुपर चार्ज ं५२०० एमएएच ब्याट्री, एन्ड्रोइड १० ओएस, ६.७८ इन्फिनिटीओ डिस्प्ले, ६ जीबी राम, १२८ जीबी रोम, अल्ट्रा नाइट भिजनसहितको विषेशता मोवायलमा रहेका छन् । ४८ एमपीको क्वाड क्यामेरा सेटप, ८ एमपी फ्रन्ट शूटर र अरू धेरै सुविधाहरु समेत यसमा रहेका छन् । इन्फिनिक्स नोट आईले प्रयोगकर्ताहरुलाई एक उत्तम र किफायती स्मार्टफोन प्रदान गर्दछ ।

यसको जी ८० प्रोसेसरले फोनको भारी प्रयोग गर्दा पनि एकदमै दुरुस्त रेस्पन्स टाईमसहितका अनुभव प्रदान गर्दछ । मेडियाटेक हाइपर इन्जिन गेम टेक्नोलोजीले लगातार विद्युत खपत, तापक्रम, र प्रयोगको ढाँचा मापन गर्ने भएकोले सीपीयू, जीपीयू र रामको व्यवस्थापनमा मद्दत गर्दछ ।

यसको वैज्ञानिक डिजाइन र बलियो बडी तथा अल्ट्रानाइट भिजन भएको ४८ एमपीको क्वाड क्यामेरा सेटपले रातमा पनि सुन्दर तस्बिरहरू र हाइ रेजोलुसन भिडियोहरू खिच्न सम्भव बनाउने दावी गरिएको छ । यसको पावर म्याराथन सुविधा, र ठूलो ब्याट्रीले, प्रयोगकर्ताहरूलाई लामो समय सम्म फोन प्रयोग गर्न मिल्ने र बारम्बार रिचार्ज गर्नु पर्ने समस्याबाट छुट्कारा दिनेछ ।
एक्काइस हजार ४९० रुपैँया मूल्यमा केवल दराज अनलाइन शपिंगमार्फत यस स्मार्टफोन प्रि–बुकिंग गर्न सकिनेछ । त्यसैले नयाँ इन्फिनिक्स नोट आई खरिद गर्न दराज एप डाउनलोड गर्नुपर्ने वा दराजको वेबसाइटमा जान सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्