विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका–९ का ३५ बर्षीय ईलिहास मंसुरीको करेन्ट लागेर मृत्यु भएको छ । बेलवारीमा रहेको चिनारी स्कुलमा ग्रिलको गेट बनाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका मंसुरीलाई उपचारको लागी बिराटनर्सिङहोम बिराटनगर लगएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय बेलवारीले घटना सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।