विराटनगरमा नगर प्रहरीको साईकल गस्ती

विराटनगरमा नगर प्रहरीको साईकल गस्ती

विराटनगर । विराटनगर महानगर भित्र बिहीबारदेखी नगर प्रहरीले साइकल गस्ती सुरु गरेको छ । महानगरभित्रका सार्वजनिक स्थानहरुमा अव्यव्यस्थित रुपमा थापिएका फुटपाथ पसल तथा खुल्लारुपमा छाडिएका चौपायको नियन्त्रण तथा नियमन गर्नको लागी महानगरक्षेत्रमा साईकल गस्ती सुरु गरिएको हो ।


विशेषगरी महानगरभित्र भेटिने वेवारिसे मानिसहरुको तत्काल उद्धर गर्न साईकल गस्तीको मुख्य काम रहने नगर प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए । विराटनगर महानगरपालिलाई सडक मानव मुत्तm बनाउन वेवारिसे अवस्थामा नागरिक भेटिए तत्काल उद्धार गरी मावन आश्रित ठाँउहरुमा पु¥याउने काम समेतत गर्नेछ ।

विराटनगरको सौन्दर्यकरणमा असर पुग्ने गरी लथालिङ्ग अवस्था छाडिएका बिजुली, केवल तथा ईन्टरनेट प्रदायकका तारहरुलाई पनि साईकल टोलीले व्यावस्थापन गर्ने महानगरले जनाएको छ । विराटनगर महानगरपालिकाको क्षेत्रअधिकार बाहिर गएर काम गरेको भेटिए तत्काल नियमन गर्ने काम साईकल गस्तीले गर्ने नगररक्षकका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।


आमसर्वसाधरण हिड्ने सडकपेटीमा राखिएका निर्माणाधिन सामाग्री तथा जथाभाथी फोहोर मैला फाल्नेलाई स्थानिय सरकार ऐन अन्र्तगत कारबाही गर्नको लागी साईकल गस्तीले महानगरलाई थप मदत गर्ने जनाएको छ । महानगरमा निरीक्षकको कमाण्डमा २९ जना नगर रक्षक रहेका छन् । एक पटकमा पाँचजना नगर रक्षक गस्तीमा निस्कने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्