चिसो बढेसँगै कोशी अञ्चल अस्पताल विराटनगरमा बिरामीको चाप

चिसो बढेसँगै कोशी अञ्चल अस्पताल विराटनगरमा बिरामीको चाप

विराटनगर । चिसो बढेसँगै कोशी अञ्चल अस्पताल विराटनगरमा विरामीको चाप बढेको छ । अस्पालमा उपचारका लागि भर्ना हुनेमा ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाको संख्या धेरै रहेको छ ।
पछिल्लो पाँचदिनमा मात्रै कोशीको आकस्मिक कक्षमा ३८७ जना भर्ना भएका छन् । आकस्मिक कक्ष टिका भण्डारीका अनुसार पछिल्लो पाँचदिनमा २१७ जना महिला र ४२ जना बालबालिका भर्र्ना भएका छन् । यसैगरी १२८ जना पुरुष आकस्मिक कक्षमा भर्ना भएर उपचार सेवा लिइएका छन् ।


केही दिनयता बढ्दो चिसोका कारण बिरामीको संख्यामा पनि बृद्धि भएको हो । भर्ना भएकाहरु मौसमी बिरामी मात्रै नभई अन्य समेत रहेका छन् । आकस्मिक कक्षतर्फ मात्र नभई अन्य पछिल्लो पाँचदिनमा विभिन्न कक्षमा सेवा लिएका बिरामीहरुको संख्या २ हजार ९६० जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्