छ महिनामा १ लाख २४ हजार सवारी ट्राफिक कारवाहीमा, दुर्घटनामा २०२ को मृत्यु

छ महिनामा १ लाख २४ हजार सवारी ट्राफिक कारवाहीमा, दुर्घटनामा २०२ को मृत्यु

विराटनगर । ट्राफिक व्यवस्थापन र सडक सुशासन कायम गराउने विभिन्न योजना बन्ने गरेका भएपनि वर्षेनी उल्लंघन गर्ने र दुर्घटनाबाट मृत्यु हुनेको संख्या बढ्दो अवस्थामा छ । प्रदेश १ प्रहरी कार्यालयको चालु आर्थिक वर्षको अर्धवार्षिक तथ्यांक अनुसार एकलाख २४ हजार ८८९ वटा सवारी कारवाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गरेर कारवाहीमा परेका सवारीबाट मात्रै प्रदेशभरमा सात करोड ६८ लाख ४९ हजार ५०० राजश्व संकलन भएको छ ।

चालु आर्थिक वर्षको छ महिनाको अवधीमा एकहजार १११ सवारी दुर्घटनामा परी २०२ जनाले ज्यान गुमाएका छन् । घाइते एकहजार ६४६ जना भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
ट्राफिक व्यवस्थापन र प्रदेश प्रहरीलाई प्रदेश सरकारले सवारी साधन तथा उपकरण समेत सहयोग गरेपनि पछिल्लो तीनवर्ष यता दुर्घटना र मृत्युको संख्या भने बढेको देखिन्छ । प्रदेश सरकारको सडक सुशासन कार्यक्रमले सडक दुर्घटनालाई न्यूनीकरण गर्ने लक्ष्य राखेको छ । त्यहि योजनाका लागि पछिल्लो दुईवर्ष यता प्रहरीलाई सवारी र ट्राफिकलाई आवश्यक पर्ने यन्त्रउपकरण समेत सरकारले सहयोग गरिरहेको छ ।

प्रदेश प्रहरीको पछिल्लो तीनवर्षको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७६÷२०७७ को छ महिनामा ७३२ दुर्घटनामा १८२ जनाको मृत्यु र एकहजार २६६ जना घाइते भएका थिए । प्रहरीले १ लाख ३८ हजार ८०५ सवारीलाई कारवाही गरि ८ करोड ९५ लाख ३५ हजार ५०० राजश्व संकलन गरेको थियो । अघिल्लो आर्थिक वर्ष २०७५÷२०७६ को छ महिनामा ६४३ सवारी दुर्घटनामा १७० जनाले ज्यान गुमाएका भने एक हजार २०६ जना घाइते भएका थिए । प्रहरीले १ लाख २९ हजार ५० वटा सवारीलाई कारवाही गरेर ८ करोड ३० लाख १३ हजार ५०० राजश्व संकलन गरेको थियो ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुमन तिम्सिनाका अनुसार उहि सडक पूर्वाधारमा सवारी चाप बढ्दै गएका कारण दुर्घटनाको संख्या धेरै रहेको बताउनुभयो । लकडाउनका कारण मापसे चेक गर्न नसक्दा पनि दुर्घटना बढेको हुनसक्ने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्