किसानलाई झुक्याएर अलैंची डकैती गरेको आरोपमा चारजना पक्राउ

किसानलाई झुक्याएर अलैंची डकैती गरेको आरोपमा चारजना पक्राउ

विराटनगर । खोटाङबाट अलैंची लिएर आएका युवालाई इटहरीमा झुक्याएर ठगी गरेको आरोपमा चारजना पक्राउ परेका छन् । खोटाङ साकेला–२ का रन्जीत राईसहितले ल्याएको १४० मन अलैंची झुक्याएर बिक्री गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गर्नेहरुलाई बिहीबार सार्वजानिक गरेको छ । पक्राउ पर्नेमा इटहरी–७ का सरोज बोहरा, झापा बिर्तामोड–४ का मात्रिका पोखरेल, भोजपुर रामप्रसाद राई गाउँपालिक–६ का कमल थापा र दोलखा बिगु–८ का केशव दाहाल रहेका छन् ।

उनीहरुले खोटाङका राई समेत उत्पादन गरेको अलैंची बिक्रीका लागि इटहरी लिएर आएको बखत गोदाममा राखेकै ठाउँबाट झुक्याएर बिक्री गरेको खुलेको छ । इहटरीमा बसेर खोटाङका किसान झुक्याउने योजना बनाउनेमध्ये दिपककुमार घिमिरे भन्नेसँग रन्जितले सम्पर्क गरेर अलैंची ल्याएका थिए । ती योजनाकारले इटहरी–५ जनता वस्तीमा शेषराज गुरुङको घरको सटर भाडामा लिएर अलैंची गोदाम गरेर राखेपछि भोलिपल्ट पैसा दिने भनेर खोटाङका युवाहरुलाई फर्काएका थिए । अलैंची गोदाम गरेर फर्केका युवाहरुले भोलिपल्ट सम्पर्क गर्न खोज्दा उनीहरु सम्पर्कविहीन भएपछि गोदाम गरिएको स्थानमा पुग्दा अलैंची थिएन ।

त्यसपछि कसैसँग पनि सम्पर्क गर्न नसकेका पीडितहरुले इलाका प्रहरी कर्याालयमा ठगीएको उजुरी दिएका थिए । प्रहरीले आरआईटी विराटनगरको सहयोगमा गरेको सुक्ष्म अनुसन्धानपछि उल्लेखित व्यक्तिहरुलाई पक्राउ गरेको थियो । प्रहरीको अनुसन्धानपछि मात्रै खुल्यो की खोटाङका किसानले सम्पर्क गरेका दिपककुमार घिमिरे भन्ने व्यक्ति दोलखाका केशव दाहाल रहेको भन्ने ।

उनले अलैंचीको हिसाब किताब राख्ने, गोदाम खोज्ने जस्ता काम गरेका थिए । त्यहाँ राखिएको अलैंची त्यसपछि भोजपुरका कमल थापा, इटहरीका सरोज बोहरा, झापाका मात्रिका पोखरेल लगायतले इटहरीको हलगाडामा दुईवटा गोदाममा सारेका थिए । गोदामनै सारेर रातारात अलैंची बिक्री गर्ने कार्यमा उनीहरुले चलाख्याँई अपनाएको प्रहरीले पत्रकार सम्मेलन गर्ने क्रममा जानकारी दिइएको छ ।
प्रहरीले उनीहरुको साथबाट मोवायल, सीम, दाहालको साथबाट संघीय समाजवादी पार्टीको सदस्यता कार्ड, पत्रकार प्रवेश पास, मात्रिका पोखरेलको नबिल बैंक शाखा इटहरीमा फर्जी कागज पेश गरि नक्कली दिपककुमारको नाममा खाता खोल्न प्रयोग भएको फोटो, राष्ट्रवादी केन्द्र नेपालको केन्द्रीय सदस्यको कार्ड, पत्रकार परिचयपत्र समेत बरामद गरेको छ । योजनाकारमध्ये एकजना मुख्य व्यक्ति भने फरार रहेका छन् । प्रहरीले उनीहरुलाई डाका चोरी, ठगी, अपराधिक विश्वासघात, अपराधिक लाभ र संगठित अपराधमा म्याद थप गरि अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्