प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक शर्माद्धारा कार्य सम्पादन करार

<span class='c1'>प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक</span> <span class='c2'>शर्माद्धारा कार्य सम्पादन करार</span>

विराटनगर । प्रादेशिक सञ्चार प्रतिष्ठान, प्रदेश १ का कार्यकारी निर्देशक यज्ञप्रसाद शर्मा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलवीच कार्य सम्पादन सम्झौता भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा कार्य सम्पादन सम्झौता गरिएको हो । कार्यसम्पादन करार पछि प्रतिष्ठानले काम शुरु गर्ने कार्यकारी निर्देशक शर्माले बताउनुभयो । उहाँले प्रशिक्षण कार्यविधि, सांगठनिक संरचना निर्माण लगायतका काम शुरु गरिने बताउनु भयो ।

प्रतिष्ठानको नियमावलीमा कार्यसम्पादन करार पछि मात्रै प्रतिष्ठानको काम शुरु हुने व्यवस्था उल्लेख रहेको कार्यकारी निर्देशक शर्माले बताउनुभयो । सञ्चार प्रतिष्ठानले पत्रकारको क्षमताबद्धि, सञ्चारगृह संवन्धि नीति निर्माण, पत्रकारिता क्षेत्रको विकासका लागि अध्ययन अनुसंधान, सूचनाको हक र पत्रकार आचारसंहिता संवन्धि सचेतना अभिबृद्धि लगायतका काम गर्ने छ ।
प्रदेश सरकार मन्त्री परिषदको गत पुस ६ गतेको बैठकले बरिष्ठ पत्रकार शर्मालाई प्रादेशिक सञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्