विराटनगर । नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुको महेन्द्र मोरङ क्याम्पस कमिटि गठन गरिएको छ । महेन्द्र मोरङ क्याम्पसमा बिहीबार आयोजित भेलाले जोसेफ घिमिरेको अध्यक्षमा क्याम्पस कमिटी गठन गरिएको हो । घिमिरेको अध्यक्षमा ७६ सदस्यीय कमिटी गठन गरिएको छ ।
अनेरास्ववियु केन्द्रीय कार्यालयका सदस्य भाष्कर खनाल र केन्द्रीय सचिवालय सदस्य गोकर्ण घिमिरेको उपस्थितिमा क्याम्पस कमिटी गठन गरिएको सहसंयोजक समिम ठकुरीले बताउनुभयो ।