विराटनगरको केन्द्रमा जनसभा, सडक अवरुद्ध हुँदा यी ठाउँबाट सवारी बाइपास गर्ने ट्राफिक योजना

<span class='c1'>विराटनगरको केन्द्रमा जनसभा, सडक अवरुद्ध हुँदा यी</span> <span class='c2'>ठाउँबाट सवारी बाइपास गर्ने ट्राफिक योजना</span>

विराटनगर । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विराटनगरमा विशाल जनप्रदर्शन गर्दैछ । पार्टीका अध्यक्ष प्रचण्ड र माधव नेपाल तथा झलनाथ खनालले विराटनगरको केन्द्र जनआन्दोलन(महेन्द्र)चौकमा हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेकपा प्रदेश कमिटिको आयोजनामा हुने जनसभामा प्रदेशभरका सबै जिल्लाबाट अध्यक्ष प्रचण्डसहितका नेताहरुको सम्बोधन सुन्न र आन्दोलनमा ऐक्वद्धता जाहेर गर्न कार्यकर्ताहरुको उपस्थिति हुने दावी गरिएको छ । तेश्रो चरणको आन्दोलन घोषणा गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आज माघ १६ गते सहिद दिवसका दिन विशाल जनसभामार्फत असंवैधानिक कदम विरुद्धको नयाँ सन्देश दिने योजनामा रहेको छ ।

विराटनगरको जनसभामा सहभागीहरुको उल्लेख्य उपस्थिति हुने भएकोले उनीहरुले प्रयोग गरेर आएका सवारी, दैनिक सञ्चालन हुने यातायातका साधन र भन्सार जाँचपास गरेर आउने मालवहाक सवारीको आवागमन प्रभावित हुने भएको छ ।
यसका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले भन्सारबाट औद्योगिक कच्चा बोकेर छुटेका मालवहाक सवारीलाई रानी क्षेत्रमै रोक्ने ‘होल्ड’ गर्ने भएको छ । बसपार्कबाट छुट्ने र बसपार्कमा आउने यात्रुबहाक बसको लागि समेत छुट्टाछुट्टै बाईपास सडकको प्रयोग गर्ने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक चन्द्र खड्काका अनुसार बसपार्कबाट छुट्ने सवारीलाई बसपार्क पश्चिमको नयाँ गुद्री उत्तर केसलिया–बरगाछी सडकबाट पठाउने तयारी गरिएको छ । यसैगरी बसपार्क आउने यात्रुबहाक सवारीलाई कन्चनबारी पूर्वबाट बाईपास गरेर तीनपैनी, सीडीओ कार्यालय–शहीद रंगशालाबाट बाईपास देवकोटाचौक दक्षिण हुँदै बसपार्कसम्म आउने रुट तयार गरिएको छ ।

जनप्रदर्शनमा सहभागी हुन आउने सहभागी चारवटा केन्द्रमा केन्द्रीत हुने भएका कारण तीनपैनी, बरगछाी, हाटखोला र रोडशेषमा उनीहरुले प्रयोग गरेका सवारीको व्यवस्थापन गरिने भएको छ । बरगाछी र तीनपैनीमा सहभागी भएका प्रदर्शनकारीहरुले प्रयोग गरेका सबै सवारी सोमबारे हाटमा राखिने भएको छ । यसैगरी हाटखोलामा भेला भएकाहरुको सवारी हाटखोलामै र रोडषेशमा भेला हुनेहरुले प्रयोग गरेको सवारी रोषशेषमै राखिने भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्