गरीखानेको कथा : इटहरीमा दैनिक २ सय बढिलाई खान खुवाउने नबिन स्टाफ होटेल

<span class='c1'>गरीखानेको कथा : इटहरीमा दैनिक २ सय</span> <span class='c2'>बढिलाई खान खुवाउने नबिन स्टाफ होटेल</span>

इटहरी । सुनसरीको इटहरी बालग्राममा बिगत १४ बर्षदेखि दैनिक सयौ यात्री , सर्वसाधारण तथा सवारी कर्मचारीलाई खाना खुवाउदै आएको छ ूनबिन स्टाफ होटेलू । केहि सिमित लगानीबाट २०६२ सालमा सुरु गरिएको उक्त स्टाफ होटेलमा अहिलेसम्म हजारौले खाना , खाजा खाएका छन् । बिहान ९ बज्न पाएको हुदैन नबिन होटेल अगाडी मोटरसाइकल , निजि गाडी तथा अन्य सवारीसाधनको भिड लाग्ने गरेको छ ।

सडकमा चल्ने सवारी चालक तथा यात्रीलाई मुख्य ग्राहकको रुपमा राखेर सुरु भएको उक्त होटेलमा अहिले ठुला ब्यापारी , स्थानीय कर्मचारी लगायतको दैनिक खाना खाने थलोको रुपमा बिकसित भएको छ नबिन स्टाफ होटेल । केशव दाहाल र गीता दाहाल दम्पतीले थालनी गरेको उक्त होटेलले अहिले ३ जनालाई रोजगारी समेत दिएको छ । आफ्नै छोरा नबिन दाहालको नाममा होटेल संचालनमा रहेको छ भने अहिले छोराले समेत होटेलमा सहयोग गरिरहेका छन् । उनि अहिले होटेल म्यानेजमेन्ट पढिरहेका छन् । होटेलमा खाना , खाजा लगायतका खानेकुरा पाइन्छ । दैनिक २ सय जना उक्त होटेलमा खाना खाने गरेको संचालक दाहाल दम्पतीले जानकारी दिए । ‘पूर्व मेची देखि पश्चिम टाढाबाट पनि बाटो पर्दा मानिसहरु सम्झिएर खाना खान आउने गर्छन’ संचालक दाहाल भन्छन ।
उनका अनुसार केहि ग्राहक त बिगत १० बर्षदेखि उक्त होटेलमा नै लागातर खाना खान पनि आउने गरेका छन् । उनका अनुसार ठुला ब्यापारी , शिक्षक , निजि कम्पनीका कर्मचारी , नेता लगायत सबै नबिन होटेलमा आउने गरेका छन् ।

उक्त होटेलको कमाइले नै उक्त परिवार चलेको छ भने एक छोरा र छोरीलाई पढाउन समेत पुगेको छ । बिचमा संचालक केशब विदेश पनि गए तर आफै आफ्नै देशमा केहि गर्नुपर्छ भन्ने सोच लिएर नेपाल फर्किएर अहिले होटेल संचालन गर्दै आएका छन्। उक्त होटेलबाट नै मासिक डेढ लाख जति बच्ने गरेको संचालकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्