विराटनगर । कोरोना संक्रमण (कोभिड–१९) का कारण बन्द रहेको नेपाल–भारत सीमा अन्तर्गतका मुख्य नाकाहरु स्थलमार्गका लागि खुल्ला गरिएको छ । सीमा जोडिएको देशका नागरिक वारपार गर्नका लागि मुख्यनाकाहरु खुल्ला गरिएको हो ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी धु्रव खड्काका अनुसार मोरङमा रानी नाका खुल्ला गरिएको छ । रानी नाकाबाहेक अन्य नाकाहरुको सवालमा भएका निर्णय यथावत् रहेको सहायक प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिनुभयो ।
व्यवस्थित खुल्ला गरिएको हो, अनियन्त्रित हैन, सहायक प्रमुख जिल्ला अधिकारी खड्काले भन्नुभयो–नेपाल आउन सीसीएमसीको अनुमति अहिले पनि जरुरी पर्दछ । उहाँका अनुसार कोरोनाको नयाँ प्रजातिको संक्रमण देखिएको स्थानबाट आउनेहरुका लागि ७२ घण्टा अवधीको पीसीआर परीक्षण रिपोर्ट अनिवार्य प्रावधान रहेको । ।
त्यस बाहेक आउनेहरुले सीसीएमसी को वेवसाइडमा गएर फारम पर्नुपर्नेछ । फारम भरिसकिएपछि बारकोर्डसहितको अनुज्ञापत्र प्राप्त हुने र त्यसैलाई लिएर आउनुपर्ने खड्काको भनाई छ । त्यसका लागि https://ccmc.gov.np मा गएर फारम भर्न सकिने छ ।