विराटनगरमा प्रतिगमन विरुद्ध बृहत जनप्रदर्शन : ओली प्रतिक्रियावादीको गोटी भएको प्रचण्डको दावी

विराटनगरमा प्रतिगमन विरुद्ध बृहत जनप्रदर्शन : ओली प्रतिक्रियावादीको गोटी भएको प्रचण्डको दावी

विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको विरोध गर्दै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को १ नं। प्रदेश समितिले शुक्रबार विराटनगरमा बृहत जनप्रदर्शन गरेको छ । प्रदेशभरका जिल्लाबाट आएका नेकपा कार्यकर्ताले जनआन्दोलन चोकमा भएको सभामा सरिक हुँदै प्रधानमन्त्रीको कदम विरुद्ध जनदवाव सिर्जना गरेका हुन् ।


प्रतिनिधि सभा विघटनविरुद्ध आयोजित बिरोध सभालाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल, झलनाथ खनाल, स्थायी समिति सदस्य योगेश भट्टराई र प्रदेश १ इञ्चार्ज भीम आचार्यले सम्बोधन गर्नुभएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानले बैठक बस्न दिएको अधिकार प्रयोग गर्दै जरुरी परे संसद बैठक बस्ने त्यस अवसरमा बताउनु भएको थियो । केपी ओलीलाई विघटन गर्ने अधिकार नदिएको बताउँदै अध्यक्ष प्रचण्डले ओलीमाथि संसदबाटै कारबाही गर्न सकिने चेतावनी दिनु भएको छ ।


‘सर्वोच्चले संविधान र लोकतन्त्रको भावना अनुसार फैसला गर्ने भरोसा रहेको बताउँदै प्रचण्डले ‘जरुरी परे विकल्प जनतामार्फत खोजिने बताउनुभयो । उहाँले ओली सरकार बिघटन भएपनि संसद विघटन नभएको बताउनुभयो ।
प्रतिक्रियावादी एजेन्टको बलमा प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर संविधानमाथि नै प्रहार गरेको बताउँदै संसद् मात्रै नभई खलनायक र प्रतिक्रान्तिहरूको गोटी बनेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्