कोशी अस्पताल विराटनगरका डाक्टर डेन आचार्यलाई बारबरा विशेष सम्मान

कोशी अस्पताल विराटनगरका डाक्टर डेन आचार्यलाई बारबरा विशेष सम्मान

विराटनगर । कोरोना सिर्जित महासंकटका बेला अग्रपंक्तिमा रही कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा संक्रमितको उपचारमा खटिनु भएका डाक्टर डेनप्रसाद आचार्यलाई बारबरा फाउण्डेशन विशेष सम्मान प्रदान गरेको छ ।  चिकित्सा क्षेत्रका तीनजना चिकित्सकलाई देशभरमा बारबरा फाउण्डेशन विशेष सम्मान पाउनु भएको हो ।

त्यसमा कोशीका आचार्य, टेकु अस्पतालकका अनुप बास्तोला र टिचिङ्ग अस्पतालका डा.सुभास आचार्य हुनुहुन्छ । फाउण्डेशनले गत पुसमा यो सम्मानका लागि सार्वजानिक रुपमा आवेदन माग गरेको थियो । डा.सन्दुक रुइत अध्यक्ष रहनु भएको फाउण्डेशनले यसको छनौट समिति समेत बनाएको थियो ।

चिकित्सक तथा नर्सहरुको छनौट गर्न नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा. डा. भगवान कोइरालाको अध्यक्षतामा नेपाल मेडिकल एशोसियसनका अध्यक्ष डा. लोचन कार्की र नेपाल नर्सिङ परिषद्का अध्यक्ष प्रा. गोमादेवी निरौला श्रेष्ठलाई निर्णयक समितिमा राखिएको थियो । बारबरा फाउन्डेसन विशेष सम्मान कोरोना रोग नियन्त्रणका लागि कार्यरत चिकित्सा सम्बन्धी संस्थालाई समेत प्रदान गर्न सकिने छ प्रावधान रहेको थियो ।

फाउण्डेशनले सम्मान गर्ने निर्णय गरेकोमा खुशी व्यक्त गर्दै कोशीका चिकित्सक आचार्यले तत्कालिन मेसु डा.संगिता मिश्रासहित डा.दिपक सिग्देल, प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरे लगायतप्रति आभार व्यक्त गर्नु भएको छ । कोभिड १९ को संक्रमणमा विराटनगरको कोशी कोभीड सेन्टर स्थापनाका लागि प्रदेश सरकार र सरकारका तत्कालिन मन्त्री घिमिरेको योगदानलाई भुल्नै नसकिने डा.आचार्यले बताउनुभयो ।

आचार्यले डा. लक्ष्मीनारायण यादव, डा. सर्वेश झा , डा. रूपेश गामी र कोशी अस्पतालको टोली र सबै स्वास्थ्यकर्मीहरुलाई समेत विशेष धन्यवाद दिनु भएको छ । फाउण्डेशनले विशेष सम्मानसहित डाक्टर आचार्य र डाक्टर बास्तोलालाई जनही ६० हजार नगद तथा टिचिङका सुभास आचार्यलाई एकलाख नगद समेत प्रदान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्