संखुवभासमा । संखुवासभा सभापोखरी–३ फुकाम बस्ने ५२ बर्षीय सुर्य बहादुर घलेको भिरबाट लडेर मृत्यु भएको छ । संखुवासभाकै पावाबाट घर तर्फ फर्कने क्रममा बालिंगे भिरबाट लडेर घलेको मृत्यु भएको हो ।
स्थानीयले आइतबार बिहान प्रहरी चौकी बार्हबिसेमा जानकारी गराएपछि घटनास्थलमा प्रहरी पुगेको थियो । घलेको कुन समयमा लडेर मृत्यु भयो भन्ने यकिन भने भएको छैन । घटनाको विषयमा अनुसन्धान समेत भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।