विराटनगर । नेपाल बाल संगठन मोरंगको अध्यक्षमा गोकर्ण घिमिरे निर्विरोध निर्वाचित हुनु भएको छ । बाल संगठनको शनिबार विराटनगरमा सम्पन्न आठौं जिल्ला सम्मेलनले घिमिरेलाई निर्विरोध निर्वाचित गरेको हो ।
बाल संगठनको जिल्ला सदस्यमा जोसेफ घिमिरे, जेनिशा कार्की, सञ्जु सापकोटा, सागर थापा, अनिशा गिरी, रेशम थापामगर र नेत्र पराजुली निर्वाचित हुनु भएको छ । महिला तथा बालबालिका मन्त्रालय मातहत रहेको संगठनको केन्द्रीय कार्यसमितिको गत असोज १६ गतेको बैठकले मोरङका लागि घिमिरेलाई अध्यक्षमा मनोनित गरेको थियो । बाल संगठनले बालबालिका संरक्षणको क्षेत्रमा काम गर्दै आएको छ ।