दलित विद्यार्थीलाई शिक्षादिप कलेजका विद्यार्थीको न्यानो माया

<span class='c1'>दलित विद्यार्थीलाई शिक्षादिप कलेजका</span> <span class='c2'>विद्यार्थीको न्यानो माया</span>

विराटनगर । विराटनगरको शिक्षादिप कलेजका विद्यार्थीहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिब विपन्न तथा दलित विद्यार्थीलाई जाडोमा लगाउने ट्रयाकसुट वितरण गरेकाछन् ।


कलेजमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरुले खाजा खाने खर्च कटाएर गा्रमथान २ गाँउपालीका झोराहाटमा रहेको श्रीरवि आधारभुत विद्यालयका विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरेका हुन् ।
शिक्षादिप क्लवका विद्यार्थीहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत विराटनगर बाहिरको सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरिएको क्लवका विद्यार्थीहरुले बताए । यस अघि पनि शिक्षालिप क्लवका विद्यार्थीहरुले लकडाउनको समयमा वृद्धाआमश्र लगायत विभिन्न ठाँउमा पुगेर सामाजिक काम गरेको विद्याथीहरुले बताए ।
यता शिक्षालिप कलेजका प्रिन्सीपल ज्ञानु खड्काले विद्यार्थीलाई पढाईसँगसै अतिरिक्त व्यावहारिक ज्ञान प्रदान गर्ने उद्धेस्यका साथ सामाजिक उत्तरदायित्व बोध गराउदै विद्यार्थीहरुलाई न्यानो माया प्रदान गरिएको बताए ।

मोरङ मै पहिलो पुर्ण दलित विद्यार्थी रहेको विद्यालयका विद्यार्थीलाई कलेजले जाडोको समयमा न्यानो माया प्रदान गरिएको प्रति सो विद्यालयका प्रधानध्यापक जितेन्द्र सरदारले खुशी व्यक्त गरे । न्यानो कपडा वितरणले आफु उत्साहित भएको र यस्ता सामाजिक कार्यले गर्दा विद्यार्थीहलाई पठनपाठन गर्न समेत टेवा मिल्ने सरदारले सरदारको भनाई छ ।

शिक्षादिप कलेजका विद्यार्थीहरुले गरिब तथा विपन्न निमुखा , अपाङगता तथा दलित ११० जना विद्यार्थीहरुलाई ट्रयाकसट वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्