विराटनगर महानगरपालिकामा गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा

<span class='c1'>विराटनगर महानगरपालिकामा गर्भवती महिलाका</span> <span class='c2'>लागि निःशुल्क एम्बुलेन्स सेवा</span>

एन्जु शिवाकोटी
विराटनगर । विराटनगर महानगरपालिकाले गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा सुविधा ल्याएको छ । महानगरपालिकाले ‘विराटनगर प्रसुती एम्बुलेन्स सेवा निर्देशिका २०७७ ’ जारी गर्दै गर्भवती महिलाहरुको लागि निःशुल्क सेवा सुरु गरेको हो ।

गर्भवती आमाहरूले संस्थागत सुत्केरी गराउन चाहेमा महानगरपालिकाले स्वास्थ्य संस्थासम्म जान एकतर्फी निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नेछ । प्रसुतीका लागि गर्भवती आमाको घरदेखि विराटनगरको जुनसुकै अस्पतालसम्मको भाडा महानगरपालिकाले पूर्ण रूपमा निशुल्क गरेको छ । सुत्केरीको कारणले हुने मातृ तथा नवजात शिशु मृत्युदर कम गर्न गर्भवती महिलाका लागि एम्बुलेन्स सेवामा सहज तरिकाले पहुँच बढाइ सुरक्षित सेवा प्रदान गर्न विराटनगर महानगरपालिकाले उक्त कार्यको थालनि गरेको हो ।
महानगरपालिकाले संस्थागत सुत्केरीको प्रसुतीमा वृद्धि गर्न, मातृ तथा शिशु मृत्यु दर कम गर्न, महानगरपालिका र स्वास्थ्य संस्थाप्रति आम विश्वास बढाउन निःशुल्क एम्बुलेन्स सेवा योजना अगाडी सारेको हो ।

महानगरपालिकाका जनस्वास्थ्य शाखा संयोजक रमेश कार्कीले घरैमा प्रसुती गराउँदा स्वास्थ्य समस्या उत्पन्न भई आमा तथा बच्चाकै ज्यान समेत जोखिम हुने भएकोले अस्पतालमा प्रसुती गराउन प्रोत्साहनका लागि एम्बुलेन्स सेवा सुरू गर्न लागिएको बताउनुभयो । उनले भने ‘अब चाँडै नगरक्षेत्रभित्र एम्बुलेन्स सेवा संचालनमा आउने छ । हाल एउटा एम्बुलेन्सबाट काम थालनी हुने र विस्तारै आवश्यकता अनुसार एम्बुलेन्सको संख्या थप गर्दै जाने छौँ ।’

एम्बुलेन्सलाई बीना कुनै बाधा र अवरोध संचालन गर्न मेयर भीम पराजुलीको संरक्षकत्वमा विराटनगर प्रसुती एम्बुलेन्स सेवा संचालन समिति गठन गरी कुनै बाधा र अवरोध बिना एम्बुलेन्स सेवाको आवश्यक प्रक्रिया पुरा गरिएको नगरपालिकाले जानकारी दिएको छ ।
एम्बुलेन्समा साइरन, ईमरजेन्सी बत्ती, स्ट्रेचर , अक्सिजन सिलिण्डर र वर्ग अनुसार आवश्यक औजारको व्यवस्था पनि हुने छ । एम्बुलेन्सलाई प्रसुती सेवा बाहेक अन्य प्रायोजनका लागि प्रयोग गरिने छैन र यो विशेष गर्भवती महिलाको सेवाका लागि चौबिसै घण्टा उपलब्ध हुने छ । एम्बुलेन्स चालकपनि प्राथमिक उपचारको तालिम प्राप्त अनुभवी हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्