विराटनगर जुनियर जेसीजको पदस्थापना

<span class='c1'>विराटनगर जुनियर</span> <span class='c2'>जेसीजको पदस्थापना</span>

विराटनगर । विराटनगर जुनियर जेसीजका नव निर्वाचित पदाधिकारीको पदस्थापना गरिएको छ । जुनियर जेसीजको २५ औँ पद हस्तान्तरण तथा अवार्ड वितरण समारोहकाबिच बर्ष २०२१ की अध्यक्ष जीना शर्माले जिम्मेवारी ग्रहण गर्नुभएको हो ।

२०२० का अध्यक्ष अंकित थापाले उहाँलाई जेसीज चेन हस्तान्तरण गर्दै सपथ ग्रहण गराउनु भएको थियो । अध्यक्ष शर्माले सपथग्रहणपछि नवनिर्वाचित बोर्डका सदस्यलाई सपथ ग्रहण गराउनुभएको थियो ।
विराटनगर जुनियर जेसीजको बर्ष २०२१ का लागि अध्यक्ष शर्मासहित कार्यकारिणी उपाध्यक्षमा आयुशा खतिवडा र मुकेश यादव, उपाध्यक्षमा दिपशन राई , हेनरिका ढकाल, अमन मण्डल, जनसम्पर्क अधिकारीमा सुगम बुढाथोकी र तालिम संयोजकमा बिकल्प न्यौपाने निर्बिरोध निर्वाचित हुनु भएको थियो ।

नवनिर्वाचित अध्यक्ष शर्माले कानुनी सल्लाहकारमा प्रिन्स पौडेल, महासचिवमा रितेश मैनाली, कोषाध्यक्षमा गौरव कर्ण, सहसचिवमा प्रतीक्षा न्यौपानेलाइ नियुक्त गर्नुभएको थियो ।
पदस्थापना कार्यक्रमको प्रमुख अतिथि विराटनगर जेसीज बर्ष २०२१ का अध्यक्ष प्रदिप दाहाल रहनु भएको थियो भने विराटनगर जुनियर जेसीजका संस्थापक अध्यक्ष डाक्टर सन्देशदास श्रेष्ठ, वर्ष २०२० का अध्यक्ष अंकित थापा, जुनियर जेसिजका पूर्वअध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्