श्रीमती संघले बाँड्यो न्यानो कपडा तथा खाधान्न

<span class='c1'>श्रीमती संघले बाँड्यो न्यानो</span> <span class='c2'>कपडा तथा खाधान्न</span>

बिराटनगर । १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा न्यानो कपडा तथा खाधान्न सामाग्री बितरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक कार्यमा अग्र भागमा रही कार्य गर्दे आईरहेको प्रदेश प्रहरी श्रीमती संघले असह्याय तथा विपन्न ब्यक्तिहरुको लागी न्यानो कपडा तथा खाधान्न बितरण गरेको हो ।


झापाको गौरिगंज गाँउपालिका–६ का ३५ घर परिवारलाई गौरिगंज भगवती प्राथमिक बिधालयको प्राङगणमा एक कार्यक्रममा बिच १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीजना थापा कार्कीले ब्ल्याङ्केट तथा खाधान्न सामाग्रीहरु बितरण गर्नु भएको थियो ।


उक्त कार्यक्रम पश्चात बोल्नुहुँदै वहाँले प्रदेश प्रहरी श्रीमती संघले बिबिध सामाजिक कार्यहरु गर्दे आईरहेको सन्दर्भमा यस्ता कार्यहरुमा अझ क्रियाशिल भई अगाडी बढ्ने धारणा ब्यक्त गर्नु भयो । कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघका पदाधीकारीहरु, स्थानीय जनप्रतिनिधीहरु, स्थानियवासीहरु तथा स्थानीय शुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्