मोरङको सुन्दरहरैंचामा प्रादेशिक सरुवा रोग अस्पताल

मोरङको सुन्दरहरैंचामा प्रादेशिक सरुवा रोग अस्पताल

विराटनगर । मोरङको सुन्दरहरैंचा–११ मा प्रादेशिक सरुवा रोग अस्पताल निर्माण हुने भएको छ । काठमाण्डौंको टेकुस्थित सरुवा रोग ट्रपिकल अस्पतालको जस्तै सेवा प्रदान गर्ने गरि सरकारले प्रादेशिक सरुवा रोग अस्पताल निर्माणको सुरुवात गरेको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्वामित्वमा रहेको १४ बिघा क्षेत्रफलमा अस्पताल निर्माण हुने भएको छ । त्यसको आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले शिलन्यास गर्ने कार्यक्रम रहेको छ । सुन्दरहरैंचाका मेयर शिवप्रसाद ढकालका अनुसार संघीय सरकारको ५० करोड रुपैयाको लगानीमा यो अस्पताल निर्माण हुने भएको हो ।

त्यहि क्षेत्रबाट संघीय संसदमा निर्वाचित सांसद रहेका कारण मन्त्री ढकालले त्यसको औपचारिक उद्घाटन गर्ने मनसाय राख्नु भएको छ । मन्त्री ढकालले सरकारले सातै प्रदेशमा यस्तो अस्पताल निर्माणको योजना राखेको जानकारी दिनुभयो । उहाँका अनुसार स्तरीय ल्याबसहितको अस्पताल दुईवर्ष भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । जसका कारण प्रदेश १ भित्रका नागरिकले सहज सेवा पाउने आशा सरकारले लिइएको मन्त्री ढकालले बताउनुभयो ।

त्यहि अस्पताल शिलन्यासका लागि आउने क्रममा सोमबार विराटनगर विमानस्थलमा मन्त्री ढकालले सरकार नागरिकप्रति जिम्मेवार भएर काम गरिरहेका बेला अनावश्यक चलखेल गरिएको दावी गर्नुभयो । मन्त्री ढकालको स्वागतका लागि सुन्दरहरैंचाका मेयर शिव ढकाल विराटनगर विमानस्थलमै आउनु भएको थियो । आफ्नै नेतृत्वमा रहेको स्थानीय तहमा सरकारले ठूलो योजना पारेको भन्दै मेयर ढकालले खुशी व्यक्त गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्