प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि आजबाट सर्वोच्चमा बहस सुरु

<span class='c1'>प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि</span> <span class='c2'>आजबाट सर्वोच्चमा बहस सुरु</span>

बिराटनगर माघ १९
सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि आजबाट उक्त कदमको पक्षमा अर्थात् रिटको विपक्षमा बहस सुरु भएको छ ।
आइतबार रिट निवेदकका तर्फबाट बहस सकिएपछि आजदेखि रिट निवेदकका विपक्षीहरुको बहस सुरु भएको हो ।उक्त बहसलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले सुरु गरेका हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ मा गरेको प्रतिनिधिसभा विघटनको पक्षमा महान्यायाधिवक्ता अग्नि खरेलसहित ११ जना सरकारी वकिलले बहस गर्दै छन् भने प्रधानमन्त्रीको तर्फबाट बहस गर्न एक सय ७५ जना निजी कानुन व्यवसायीले पनि वकालतनामा बुझाएका छन् ।

त्यसैगरी १३ रिट निवेदकका तर्फबाट ७२ जना कानुन व्यवसायीले बहस गरेका छन् । माघ ४ गतेबाट सुरु भएको निवेदक पक्षको बहस १३ दिनमा सकिएको हो ।
-कोशी अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्