जाडो मौसमको समस्या : कस्ता रोगको बढी जोखिम

जाडो मौसमको समस्या : कस्ता रोगको बढी जोखिम

एन्जु शिवाकोटी
विराटनगर । जाडो याम सुरु भएसँगै मौसमका कारण मानिसको शरीरलाई चिसो सहन गर्न गाह्रो हुन्छ । जसका कारण बिभिन्न प्रकारका रोगको जोखिम बढ्न जान्छ । हामीले मनिपाल मेडिकल कलेजका चिकित्सक डा. रिसव गौतमसँग चिसो मौसमका कारण लाग्ने रोगका बारेमा फोन मार्फत कुराकानी गरेका थियौं । डा. गौतमसँग गरिएका कुराकानीलाई आधार बनाई तयार पारिएको एक रिपोर्ट ।

जाडो मौसममा खोकी, मौसमी फ्लू, जोर्नी दुख्ने, दम बढ्ने, हृदयघात जस्ता रोगले बढी संक्रमण गर्ने गर्छ । प्राय उमेर ढल्किदै गएका ५० बर्ष माथिका मानिसहरुलाई यस प्रकारका रोगले संक्रमण गरेको पाइन्छ । हरेक बर्ष मौसम परिवर्तन हुने गर्छ । तर मौसम परिवर्तनसँगै हाम्रो शरिरलाई बानी पर्न समय लाग्छ । यो समयमा हाम्रो शरिरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन जान्छ । प्रतिरोधात्मक क्षमता कमजोर भएको अवस्थामा भाइरस,व्याक्टेरियाहरु हाम्रो शरिरमा प्रवेश गर्छन् र रोग लाग्छ ।

मौसमी फ्लू : वातावरण चिसो भएका कारण हाम्रो शरिरको तापक्रम घट्दै जान्छ र चिसो महशुस हुन्छ । शरिर चिसिदै जादा रुघाको जोखिम बढ्दै जान्छ । मौसम परिवर्तन भई चिसोका कारण लाग्ने रुघा खोकिलाई मौसमी फ्लू भनिन्छ । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्नसक्छ । न्यानो लुगा लगाउने, बढी झोलिलो खाने कुरा खाने, हिटर, आगो जस्ता तापक्रम बढी भएको ठाँउबाट एकैचोटी बाहिर नजाने । तापक्रम बढी भएको ठाँउबाट बाहिर निस्कदा बाहिरको तापक्रम हाम्रो शरिरले सहन गर्न सक्दैन र मौसमी फ्लूको संक्रमण हुन जान्छ ।

जोर्नी दुख्ने : जाडो मौसममा बडी जोर्नी दुख्ने गर्छ । यसको वैज्ञानिक कारणको प्रमाण हालसम्म पाइएको छैन् । जोर्नी दुख्ने समस्याबाट बच्न पौतालालाई न्यानो पार्ने । बाक्लो मोजा लगाउनु भन्दा पातलो दुइवटा मोजा लगाउनु उपयुक्त मानिन्छ ।

दम : चिसो मौसम र सुख्खा हावाले श्वासनलिलाई साँघुरो बनाउछ र श्वास फेर्न गाह्रो हुन्छ । न्यानो कपडा लगाउने र अनावश्यक रुपमा घुवाँ नबाल्ने गरेमा संक्रमण कम हुन्छ ।
हृदयघात : जाडो मौसममा अन्य समयभन्दा बढी मासिनहरुलाई हृदयघात हुने गरेको पाइन्छ । तापक्रममा आएको गिरावटले गर्दा रक्तनलि साँघुरो हुन जान्छ र मुटुमा रगत पम्प हुन गाह्रो हुन्छ । यसका लागि बिहान बिहान आधा एक घण्टा शारिरिक व्यायाम गरेमा जोखिम कम हुन जान्छ ।
चिसो मौसमबाट लाग्ने रोगबाट बच्न न्यानो कपडाको प्रयोग गर्ने, खानपिनमा ध्यान दिने, पानि बढी पिउने, झोलिलो खाने कुरा बढी खाने तथा शारीरिक व्यायाम गर्नाले संक्रमणबाट बच्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्