अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो सहित २ जना पक्राउ

<span class='c1'>अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने</span> <span class='c2'>धुलो सहित २ जना पक्राउ</span>

बर्दिया, २०७७ माघ १९ गते ।
बासगढी नगरपालिका-१ चेपाङ बजारबाट नियन्त्रित लागूऔषध ३६ ट्याब्लेट नाइट्राभेट र २० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सुर्खेत बिरेन्द्रनगर नगरपालिका-२ कोलडाँडा बस्ने २० वर्षीय सागर लामीछाने मगर र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । नेपालगञ्जबाट सुर्खेततर्फ जाँदै गरेको भे.९ प ४९३६ नम्बरको स्कुटरलाई ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको आइजिपि शैलेश थापा क्षेत्रीले जानकारि दिएका छन ।

-नेपाल प्रहरि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्