प्रधानमन्त्री ओली विरुद्ध विराटनगरमा विद्यार्थीको मसाल जुलुुस

<span class='c1'>प्रधानमन्त्री ओली विरुद्ध विराटनगरमा</span> <span class='c2'>विद्यार्थीको मसाल जुलुुस</span>

विराटनगर । नेपाली काङ्ग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ महेन्द्र मोरङ इकाई कमिटीले प्रधानमन्त्री केपि शर्मा ओलिको विरुद्ध मसाल जुलुस निकालेका छन् ।

प्रधानमन्त्री ओलिले गरेको संसद विघटनको विरुद्ध नेविसंघ महेन्द्र मोरङ इकाई कमिटीले मसाल जुलुस निकालेको हो ।
महेन्द्र मोरङ क्याम्पसबाट सोमबार बेलुका निकालेको मसाल जुलुस रोडशेषमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै नेविसंघका महेन्द्र मोरङ इकाई सभापति जसवन्त पौडेलले प्रधानमन्त्री ओलिले चालेको असंवैधानिक कदमका विरुद्ध देशभरका विद्यार्थी एकजुट हुनुपर्ने बताए ।


उनले पाँच वर्षका लागि जनताले नेकपालाई सरकार चलाउने जिम्मा दिएको बताउँदै आन्तरिक विवाद देखाएर तीन वर्षमै संविधानमा व्यवस्था नै नभएको संसद विघटन गरेर देशलाई दलदलमा फसाएको आरोप लगाए ।
मसाल जुलुमा नेविसंघ महेन्द्र मोरङ इकाई कमिटी सभापति जसवन्त पौडेल , अन्य नेविसंघका नेताहरु आयुस अधिकारी र संरक्षण देवकोटा लगायतको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्