विराटनगरमा ‘मिष्टर एण्ड मिस रौनियार २०७७ को ’अडिसन हुँदै

विराटनगरमा ‘मिष्टर एण्ड मिस रौनियार २०७७ को ’अडिसन हुँदै

विराटनगर । रौनियार समुदायका युवायुवतीको प्रतिभा प्रस्फुटन, समुदायको कलासंस्कृतिको जर्गेना तथा समाजलाई एकताबद्ध गराउने उदेश्यका साथ ‘मिष्टर एण्ड मिस रौनियार २०७७’ आयोजना हुने भएको छ । एमि इन्टरटेनमेन्ट प्रा.लि काठमान्डौले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी रौनियार समाजका युवालाई समेटेर दोस्रो संस्करणको प्रतियोगिता गर्न लागिएको जानकारी दिइएको हो ।


कार्यक्रम संयोजक भरत रौनियारले देशका बिभिन्न स्थानमा अडिसन भैसकेको र आगामी माघ २४ गते प्रदेश १ को राजधानी विराटनगरमा अडिसन हुने पत्रकार सम्मेलनमा बताए । प्रतियोगितामा १६ देखी ३० वर्ष उमेर समुहका अविवाहित युवायुवतीहरुले मात्र सहभागिता जनाउन सक्ने र छनौट भएका प्रतिस्पर्धिहरुलाई सम्बन्धित प्रदेशको राजधानी मै ट्यालेन्ट राउण्ड सम्मका प्रशिक्षण दिने तयारी गरिएको आयोजकले जनाएको छ ।

विभिन्न स्थानबाट छनौट भएका प्रतियोगिहरुलाई फाईनल प्रतिस्पर्धाको लागी काठमान्डौमा नै हुने जनाइएको छ । प्रतियोगिताको बिजेता तथा उपविजेताहरुलाई आकर्षक पुरस्कार सहित म्यूजिक भिडियोहरुमा आफ्ना कला प्रस्तुत गर्ने अवसर प्रदान गर्ने एमि ईन्टरटेन्मेन्ट प्रालिले जनाएको छ । मिष्टर एण्ड मिस रौनियारको पहिलो सस्कारणको विजेता आशिष गुप्ता र प्रिया रोनियार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्