श्रीमान्  अस्पतालको शै्यामा, श्रीमती खर्चको लागि गुहार माग्दै

श्रीमान्  अस्पतालको शै्यामा, श्रीमती खर्चको लागि गुहार माग्दै

प्रेम देवान

विराटनगर । मोरङको बुढीगंगा गाउपालिीका १ शिवनगर टोलकी महेन्द्र कुमारी बास्तोला (कविता) ले आफ्ना श्रीमानको उपचारार्थ आर्थिक  सहयोग जुटाईदिन यतिबेला सहयोगी हातहरुलाई गुहारी रहेकी छिन्  । यो उनको कुनै रहर थिएन, बाध्यता हो । आर्थिक अवस्था कमजोर भएका कारण कविताले आफ्ना ३१ बर्षीय श्रीमान् युवराज उप्रेतीको  उपचारर्थ आर्थिक रकम जुटाईदिन सबै मनकारी सहयोगी हातहरुलाई गुहारेकी हुन् ।

उनका श्रीमान् यतिबेला काठमान्डौँ स्थित वीर अस्पतालको शैयामा जीवनमरणको अवस्थामा छन् । युवराज उप्रेतीको क्षयरोग बिग्रिएर फोक्सो र छातीमा पानी जमेका कारण उनको जति सक्दो चाँडो अप्रेशन गर्न चिकित्सकले सल्लाह दिएका छन् ।  अलिअलि जम्मा गरेको रकम पनि उपचार गर्दा सकिएको र थप उपचार गर्न आफुहरुसँग आर्थिक रकम नभएका कारण यतिबेला श्रीमानको उपचारर्थ सहयोग जुटाईदिन बास्तोलाले आग्रह गरिरहेकी छिन् ।

श्रीमान्को थप उपचारको लागी अझै पनि ४ लाख बढी लाग्ने चिकित्सकले बताएपछि  कविता यतिबेला आर्थिक रकम जुटाउन सहयोगको याचना गरिरहेकी हुन् । कवितालाई श्रीमान्को उपचार गर्नेुपर्ने चिन्ता त छ नै अझ त्यो भन्दा बढी आफ्ना नाबालक छोराको चिन्ता छ ।

उनका १८ महिने दुधेबालक छोराको अवस्था पनि झनै  नाजुक छ । विराटनगरको एक अस्पतालले छोरालाई गलत औषधी दिएका कारण अपाङ्ग अवस्था रहेका छन् । डाक्टरले मादक पदार्थ सेवन गरेर  छोराको स्वास्थ्य परीक्षण गरेर सिफारिस गरेको गलत औषधी प्रयोगले अहिले बालकको अवस्था दिनदिनै नाजुक हुदै गएको छ । कविताले यसअघि छोराको लागी ५ लाख भन्दा खर्च गरेर उपचार गरेको तर अहिले सम्म कुनै सुधार हुन नसकेको उनले दुखेसो पोखिन् । कविताको परिवारिक अवस्था नाजुक भएका कारण अहिले माईतीको शरणमा नै बस्दै आएकी छिन् । कविताको भाई फडिन्द्र बास्तोला बस्दै आएको घरमा अहिले कविता उनका ९ बर्षिय छोरी र विरामी १८ महिने नाबालक अनि उनका सासु बस्दै आएका छन् । ५ जनाको परिबार अहिले भाई फडिन्द्र बस्दै आएको घरमा साहारा लिएर बस्दै आएका हुन् ।

कविताका श्रीमान् बिरामी हुनुपूर्व युवराज उप्रेती कान्तिपुर दैनिक पत्रिका र ब्लास्ट दैनिक पत्रिका वितरकको काम गर्दैै आएका थिए  । पत्रिका वितरणसँगै श्रीमतीसँग मिलेर चटपटे बनाएर बेच्ने काम समेत गरेको कविता बताउँछिन्  । त्यसपछि पुन ऋण काढेर श्रीमानले सिटी सफारी चलाउदै आएका थिए, तर  अचानक स्वास्थ्यमा  समस्या आएपछि पत्रिका वितरणदेखी चपपटे अनि सिटी रिक्सा चलाउने काम सबै काम रोकियो कविताले आवर विराटनगरलाई सुनाईन् ।

घरमुली नै विरामी भएर थलिएपछि आर्थिक अवस्थाले झन च्याप्न थाल्यो । अहिले पैसा नभएका कै कारण आफ्ना श्रीमान् अस्पतालको शैयामा  उपचारको लागी पखाईमा छन् । अहिले स्थानिय छरछिमेकीले मिलेर आर्थिक रकम जुटाईहेका छन् । छिमेकीले आफ्ना छिमेकीको उपचारमा केही सहयोग मिलोस भनेर आफुले सकेजति आर्थिक सहयोग जुटाउदै आएको छिमेकीहरु बताउछन् ।

यता युवराजकी वृद्ध आमा पनि छोरोलाई बचाउन पाए हुन्थ्यो भन्ने आशामा छिन् । छोरोको उपचारमा सबै सहयोगी हातहरुलाई सहयोग गरिदिन पनि अपिल गरीन् । हो भनिन्छ नि, एक थुकी सुकी सय थुकी नदि , त्यसैगरी यदि हामी सबैले आफ्नो तर्फबाट जति सकिन्छ त्यति सहयोग गर्यौ भने उपचारको पर्खाईमा बसेका युवराजको उपचार गर्न बञ्चित हुन्थेनन् की ।

सहयोगका लागि: 
NIC ASIA BANK
महेन्द्र कुमारी बास्तोला
खाता नं : 6987957913052401 (६९८७९५७९१३०५२४०१ )

सम्पर्क नम्बर :
9807067451 , 9861483151 (९८०७०६७४५१ , ९८६१४८३१५१ )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्