घरमा कोहि नभएको बेला डोजर चलाएर भत्काइएको चौधरी परिवारको गुनासो

घरमा कोहि नभएको बेला डोजर चलाएर भत्काइएको चौधरी परिवारको गुनासो

दुहवी । सुनसरीको गढीगाउँपालिका २ स्थित औरावनिमा बस्दै आएका देवनाराण चौधरीको घर एक समुहले कोहि नभएको मौका छोपी डोजर लगाएर भत्काएको छ । पीडित देवनारायण चौधरीका परिवारले गढीगाँउपालिका औरावनीमा पत्रकार सम्मेलनको आयोजना गरि पुस्तौँदेखी बस्दै आएको घर भत्काएएको बताएका हुन् ।

फरर्वाड माईक्रो फाइनान्सका केन्द्रिय कार्यलय दुहबीका सिइओ आसनारायण चौधरिले घर जग्गा खालि गर्न कुनै किसिमको सूचना, जानकारी नगराइकन सिइओ चौधरीका छोरा अतित चोधरीले १५ जनाको समुहले लिएर घरमा डोजर चलाएको आरोप पीडित चौधरीले पत्रकार सम्मेलनमा लगाएका छन् । लामो समयदेखी बस्दै आएको घर भत्काएपछि आफ्नो ५ जनाको परिवारले जाडो मौसममा खुल्ला आकाश मुनि बस्न बाध्य भएको चौधरीका परिवारले गुनासो गरे । पत्रकार सम्मेलन मार्फत सम्पूर्ण सरोकारवालाहरुसँग न्यायको लागि अपिल गरेका छन् ।


साथै स्थानीय सरकारको रुपमा रहेको गढी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसँग घरको क्षतिपूर्ती, उचित बसोबास र न्यायको लागि समेत आग्रह गरेका छन् । चौधरीका अनुसार आफू सुकुम्बासी रहेकोले वर्षदेखि त्यहाँको एक कठ्ठा जग्गामा बाजे, बाबु बस्दै आइरहेकोले बताए ।
कोहि घरमा नभएको बेला अचानक आएर शनिवार दिउँसो करिब २ बजेको समयमा केही युवाहरूको समुहले घर माथि डोजर चलाई भत्काएको छ । घर भत्काएपछि घरमा रहेको गरगहना सहित नगद समेत हराएको पीडित पुनम गच्छदारले पत्रकार समेलनमा बताए । गच्छदारका अनुसार सुनको गहना ५ तोला र नगद ६० हजार पैसा डोजर लगाएर घर भत्काउने क्रममा हराएको हो ।

उनले भने आफुसँग जग्गा जमिन नहुँदा अचानक घर भत्काएपछि आफ्नो परिवार जाडोको समयमा बिचल्ली भएको दुखेसो पोखदै आफुहरुलाई बस्नको लागि बास स्थानको माग सहित उचित क्षतिपूर्ति दिलाउनु पर्ने माग समेत गरेकी छिन् । जग्गाको विषयमा जग्गा धनि आशनारायण चौधरिसँग बुझदा सो जग्गा आफ्नो भएको र आफुले पटकपटक जग्गा खालि गर्न भनेपनि अटेर गरि उल्टै गाली गर्ने गरेको दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्