संवैधानिक आयोगमा नियुक्त सिफारिस भएका पदाधिकारीहरुको आज गराइयो सपथग्रहण

<span class='c1'>संवैधानिक आयोगमा नियुक्त सिफारिस भएका</span> <span class='c2'>पदाधिकारीहरुको आज  गराइयो सपथग्रहण</span>

काठमाडौं ,माघ २१

विभिन्न संवैधानिक आयोगमा नियुक्त सिफारिस भएका पदाधिकारीहरुको आज बिहान सपथग्रहण भएको छ ।

संवैधानिक परिषद्ले सिफारिस गरेको ४५ दिनभित्र संसदीय सुनुवाइ गर्नुपर्ने प्रावधान छ । संसद नै नभएपछि उनीहरुको सुनुवाइ हुन सकेको थिएन ।

संसद नहुँदा सुनुवाइ हुन नसकेको परिषद्मा सदस्य सचिव रहने मुख्य सचिव शंकरदास बैरागीले राष्ट्रपति कार्यालयलाई जानकारी गराएपछि बुधबार बिहान ९ बजेका लागि सपथग्रहणको कार्यक्रम राखिएको हो ।

राष्ट्रपति कार्यालयमा बिहान ९ बजे सपथ लिएपछि विभिन्न आयोगका पदाधिकारीले बुधबार नै पदभार ग्रहण गर्ने कार्यक्रम राखिएको स्रोतको भनाई छ ।

प्रतिनिधिसभा विघटन भएकै दिन ५ पुसमा अख्तियार प्रमुखमा प्रेमकुमार राईसहितका विभिन्न संवैधानिक पद गरी ४५ पदमा नियुक्ति सिफारिस भएको सार्वजनिक भएको थियो ।

सरकारले २९ मंसिरमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो ।

यी हुन् सिफारिस भएका व्यक्तिहरुः

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

१) जुद्ध गुरुङ, पर्वत
२) अमरराज मिश्र, काठमाडौं
निर्वाचन आयोग
१) रामप्रसाद भण्डारी, रामेछाप
२) जानकी तुलाधर, लमजुङ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग
१) प्रेमकुमार राई, संखुवासभा
२) जयबहादुर चन्द, बैतडी
३) किशोरकुमार सिलवाल, काठमाडौं

थारू आयोग
१) विकास चौधरी, दाङ
२) बबिता चौधरी, बारा
३) सुबोधसिंह थारू, बाँके
४) भोलाराम चौधरी, सुनसरी

आदिवासी जनजाति आयोग
१) रामबहादुर थापा, उदयपुर
२) मीन श्रीसमगर, गुल्मी
३) मेन्चुङ लामा, नुवाकोट
४) रिना राना, स्याङ्जा
५) शरण राई, उदयपुर

मधेसी आयोग
१) जीवच्छ साह, सिराहा
२) रेणुदेवी साह, सप्तरी
३) विजय गुप्ता, बाँके

राष्ट्रिय महिला आयोग
१) कमलाकुमारी पराजुली, काठमाडौं
२) कृष्णकुमारी पौडेल ‘खतिवडा’, काठमाडौं
३) विद्याकुमारी सिन्हा, सर्लाही

राष्ट्रिय समावेशी आयोग
१) मानप्रसाद खत्री, बझाङ
२) रामकृष्ण तिमल्सिना, कास्की
३) रामचन्द्र जोशी, कैलाली
४) हरिदत्त जोशी, बैतडी

राष्ट्रिय मानव अधिकार आयोग
१) तपबहादुर मगर, ललितपुर
२) मनोज दुवाडी, काठमाडौं
३) सूर्य ढुंगेल, महोत्तरी
४) लीला बस्नेत थापा, काठमाडौं
५) मिहिर ठाकुर, सप्तरी

राष्ट्रिय दलित आयोग
१) देवराज विक, दाङ
२) मीना सोव, कैलाली
३) परशुराम रम्तेल, गोरखा
४) टुन्ज बराइली, झापा
५) मेहेल पार्की, हुम्ला

मुस्लिम आयोग
१) मोहमुद्दिन अली, काठमाडौं
२) मिर्जा अरसद वेग, कपिलवस्तु

श्रोत -रेडियो नेपाल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्