विराटनगर । विराटनगर–१७ मटेरुवाबाट भारतीय रुपैँयासहित झापा दमक–९ का एकजना युवा पक्राउ परेका छन् । अस्थायी प्रहरी चौकी मटेरुवाको प्रहरी टोलिले भारतबाट नेपाल आउँदै गरेको बलकोटीलाई चेकजाँच गर्ने क्रममा भारतीय रुपैँयासहित पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले १ लाख ४० हजार भारतीय रुपैया बरामद गरेको छ । भारु ५०० दरका २०८ थान नोट फेला पारिएपछि उनी विरुद्ध कारवाही चलाउन विराटनगर भन्सार कार्यालय बुझाइने भएको छ ।