सवारी ज्यान मुद्दाका एकजना र फरार प्रतिवादी पक्राउ

<span class='c1'>सवारी ज्यान मुद्दाका एकजना</span> <span class='c2'>र फरार प्रतिवादी पक्राउ</span>

विराटनगर । गत असोज १६ गते मोरङको बुढीगंगामा सवारी दुर्घटना गराएर फरार रहेका सप्तरी रुपनी गाउँपालिका–६ का अजबुल मियाँलाई प्रहरीले चार महिनापछि पक्राउ गरेको छ ।
मियाँले चलाएको लु ६१ प २५०२ नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ पैदलयात्री बुढीगंगा–२ का कमलप्रसाद तावाहाङ घाइते हुनुभएको थियो ।

घाइते तावाहाङको उपचारका क्रममा विराटनगर मेडिकल कलेजमा मृत्यु भएको थियो । उनको मृत्युपछि फरार रहेका मियाँलाई प्रहरीले सप्तरी रुपनीमा रहेको उनकै घरबाट नियन्त्रणमा लिइएको प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो । पक्राउ परेका मियाँ विरुद्ध सवारी ज्यान कसूरमा अनुसन्धान सुरु गरिएको छ ।

यसैगरी मोरङको उर्लाबारी–५ मधुमल्लाबाट एकजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मधुमल्लाका सुसन भन्ने राजेश्वर लिम्बू छन् । झापा जिल्ला अदालतले २०७३ माघ ५ गते गरेको फैसला अनुसार लिम्बू विरुद्ध ९ वर्र्ष १५ दिन कैद र ७८ हजार ८०० जरिवानाको आदेश भएको थियो । उनी विरुद्ध बिहाल ढुंगेलको जाहेरीका आधारमा अपहरण तथा शरिर बन्धक तथा जर्बरजस्ती चोरी मुद्दाको अभियोग दर्ता भएको थियो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्