सुनवर्षीमा फेला पारिएको गाडीमा नक्कली नम्बर प्लेट

<span class='c1'>सुनवर्षीमा फेला पारिएको गाडीमा</span> <span class='c2'>नक्कली नम्बर प्लेट</span>

विराटनगर । मोरङको सुनवर्षी–८ डायनिया–सिक्टी सडक खण्डमा गत माघ १७ गते फेला परेको गाडीमा नक्कली नम्बर प्लेट भएको खुलेको छ । प्रहरी चौकी सिक्टीले नियन्त्रणमा लिएको भनिएको को २ च २७८६ नम्बरको बोलेरो गाडी यातायात कार्यालयमा दर्ता बिनानै सञ्चालनमा ल्याएको पाइएको हो ।

प्रहरीले वेवारिसे अवस्थामा रोकेर राखेको उक्त गाडी बरामद गरेपछि इलका प्रहरी कार्यालय रंगेलीमार्फत गाडी धनी पत्ता लगाउन चाहेको थियो । इलाकाले यातायात व्यवस्था कार्यालय इटहरीमा उल्लेखित नम्बरको गाडीको बारेमा बुझ्दा फेला नपरेको प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो । यातायात कार्यालयमा दर्ता नै फेला नपरेपछि प्रहरीले उक्त गाडी भन्सार कार्यालय रानीमा बुझाउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्