निर्णयमा महिला जनप्रतिनिधिको भूमिका बढाउन तालिम

निर्णयमा महिला जनप्रतिनिधिको भूमिका बढाउन तालिम

विराटनगर । स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधि लक्षित नेतृत्व र क्षमता विकास प्रारम्भिक तालिम सुरु भएको छ । निर्वाचित महिला सदस्यहरुको क्षमता र नेतृत्व विकास लागि आवश्यक पर्ने प्रक्रियाको विषयमा जानकारी दिन प्रारम्भिक चरणको तालिम सुरु गरिएको हो ।


स्थानीय तहमा निर्वाचित उनीहरुको निर्णय प्रक्रियामा सहभागिता, नेतृत्व परिचय, भूमिका र आत्माविश्वास बृद्धि गर्ने उद्देश्यले तालिम सुरु गरिएको हो ।
दलित महिला केन्द्र नेपालले इन्टरनेशल फाउण्डेशन फर इलेक्ट्रोल सिस्टम संस्थासँगको सहकार्यमा प्रदेशभरका पाँच जिल्लामा तालिम आयोजना गरेको संयोजक निलम ढुंगेलले जानकारी दिनुभयो ।

संस्थाले मोरङको केराबारीमा बुधबारदेखि तीनदिनको तालिम सुरु गरेको छ । केराबारी गाउँपालिकामा निर्वाचित २१ जना महिला जनप्रतिनिधि तालिममा सहभागी रहेको संयोजक ढुंगेलले बताउनुभयो । तालिमको गाउँपालिका अध्यक्ष रोहित कार्की र उपाध्यक्ष शान्तिकुमारी लिम्बूले गर्नु भएको थियो ।
प्रदेश १ का झापा, मोरङ, सुनसरी, खोटाङ र ओखलढुंगामा यो तालिम सञ्चालन भईरहेको ढुंगेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्